सल्यानको धामीढुंगामा सकेट ब’म फेला पर्यो

बैशाख २२, सल्यान । सल्यानको बागचौर नगरपालिका ९ धामिढुंगामा सकेट ब’म फेला परेपछि निस्कृय पारिएको छ । स्थानीय १५ वर्षीय बालकले घर नजिकै बाख्रालाई घाँस काट्ने क्रममा ओडारमा उक्त सकेट ब’म देखेपछि अभिभावकले प्रहरीलाई खबर गरेका थिए ।

सोमबार बिहान प्रहरी पुगेर सो स्थानलाई सिल गरेको थियो । दिउँसो नेपाली सेनाको टोली पुगेर उक्त सकेट बमलाई डिस्पोज गरेको इलाका प्रहरी कार्यालय बागचौरका प्रहरी प्रमुख इनिस्पेक्टर लिलाभक्त बादेले बताए ।

ब’म फेला परेको ठाउँमा इनिस्पेक्टर बादेको कमाण्डमा इलाका प्रहरी थारमारे र अस्थायी प्रहरी चौकी पातिहाल्नको प्रहरी टोली खटिएको थियो । ब’म पुरानो र केही खिया लागेको जस्तो देखिएकोले जनयुद्धकालमा ओडारमा फालिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

पछिल्लो समय ठाउँमा जनयुद्धकालका ब’म फेला पर्न थालेपछि नागरिकहरु त्रसित हुन थालेका छन् । केही दिन अघि रोल्पाको त्रिवेणी गाउँपालिका २ मा जंगलमा भेटिएको ब’म वि’स्फोट हुँदा ४ बालबालिकाको ज्यान गएको थियो भने सल्यान बागचौर नगरपालिका ४ मा बि’स्फोट हुँदा एक बालक घाइते बनेका थिए ।

प्रतिक्रिया दिनुहोस

<