RDT जाँचेर सिद्धकुमाखको क्वारेन्टाइनमा बसेका १५ लाई घर पठाईयो

वैशाख २२, सल्यान

सल्यानको सिद्ध कुमाख गाउँपालिकाले दोस्रो चरण र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) परीक्षण गरेको छ । दोस्रो चरणमा १५ जनाको परीक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको सिद्ध कुमाख गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको निराजन माध्यमिक विद्यालयको क्वारेनटाइनमा रहेका ६ जना, वडा न ४ को खार्वन क्वारेनटाइनमा ४ र वडा न १ को होम क्वारेनटाइनमा रहेकका ५ गरी १५ जनाको नमुना परीक्षण गरिएको गाउँपालिकाले उपाााध्यक्ष पुष्पा बोहोराले जानकारी दिएकी छन।
सबैको रिर्पोट नेगेटिभ आएसँगै क्वारेनटाइनमा रहेका सबैलाई घर पठाइएको हो । घर फर्किएका सबैलाई कोरोना भाइरस विरुद्धका नीतिहरुलाई पूर्णरुपले पालना गर्नुपर्ने बताइएको छ ।
यस अघि गाउँपालिकाले विदेशबाट फर्किएका ४५ जनाको आरडिटी परीक्षण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

<