बनजंगलमा लापरबाही नगरौं

 

अहिले देशभर लकडाउनको समय छ । शहरबजार पुरै सूून्य अवस्थामा छन् । गाउँहरुमा समेत लकडाउनको पालना गरिएको खवरहरु आईरहेका छन् । तर गर्मि बढेसंगै आगलागीका घटनाहरु ह्वात्तै बढेका खवरहरु पनि आईरहेका छन् । बनजंगलमा आगलागी हुनुु अपवाद्बाहेक मानवीय कारण नै भएको सवैलाई थाहै छ । कोरोना महामारीको त्रास र संक्रमणको डरले देश र आम जनता संकटमा परेको बखत कतिपय आपराधिक मनशाय बोकेकाहरु यतिवेला झनै सलबलाएको महशुुस हुुँदैछ । सरकारीस्तरबाट लकडाउनको समय भएकोले यतिवेला आगलागीका घटनाहरु कम हुनुुपर्ने आँकलन गरेको तर त्यसो हुन नसकेको भन्दै चिन्ता व्यक्त गरिरहेका खवर आईरहेका छन् ।

तर यथार्थमा सवैतिर लकडाउनको पालना हुन नसकेको यसले देखाउछ । अहिले पनि गाउँघरमा गरिने क्रियाकलापहरु जस्तो कि दाउरा–घाँस ल्याउने, गाइगोरु र भेडाबाख्रा चराउन लैजाने, खेतपाखा डुुल्ने लगायतका कामहरु भइरहेको आँकलन सजिलै गर्न सकिन्छ । यो कतिपय अवस्थामा स्वभाविक र बाद्यात्मक अवस्था पनि हुन जान्छ । तर अर्कोतिर आपराधिक मनशायका व्यक्तिहरुले लकडाउनको समयलाई दुुरुपयोग गरेका पनि हुन सक्दछन् । कसले डढेलो लगाएको भनेर सजिलै पत्ता नलाग्ने र सरकारी सुरक्षा संयन्त्र पनि यतिवेला परिचालन हुन नसक्ने आँकलन गरेर अपराधिहरु सल्बलाएका हुन सक्छन् ।

तर जसले जुन उदेश्यले लगाए पनि बनजंगलमा आगो लगाउने काम ठूूलो अपराध नै हो । एकातिर हजारौं रुखविरुवाहरु नष्ट हुने, अर्कोतिर बन्यजन्तुु र पशुुपंछिका बासस्थानहरु समेत डढेलोले नष्ट गर्ने भएकोले प्रत्यक्ष अप्रत्यक्ष यसले ठूलो नोक्सानी पुर्याईरहेका हुुन्छन् । त्यस्तै अर्कोतिर बायुुमण्डल नै प्रदुुषित भईरहेको हुुन्छ ।

विगत वर्षहरुलाई हेर्ने हो भने बनजंगलमा आगो लाग्ने मध्य समय अँझ बैशाखको पहिलो साता हो । त्यो समय आउन अँझ एक साताभन्दा बढी नै छ । तर यस वर्ष चैत्रको अन्तिम साता नलाग्दै आगलागिका घटनाहरु बढ्नथालेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गर्न थालिसकेका छन् ।

अतः निष्कर्षमा भन्नुपर्दा प्राकृतिक श्रोत साधनको नष्ट गरेर कसैलाई पनि फाइदा पुुग्दैन । बन जंगलमा पलाउने घाँस या गाइवस्तुको चरणका लागि ठूूला–ठूूला बनजंगलहरु आगो लगाएर नष्ट गर्नुु समग्र प्राणिका लागि घातक छ । बनको विनासले विभिन्न असर पारिरहेको हुुन्छ । पानीका मूूलहरु सुुकाउनेदेखि बन्यजन्तुुहरुको लोप गराउने जस्ता विभिन्न नकारात्मक नतिजा डढेलोले निम्त्याएको हुुन्छ । अँझ कतिपय अवस्थामा ख्यालख्यालै मानववस्तीमा समेत डढेलो पुगेर ठूूलो मात्रामा धनजनको क्षति हुन सक्दछ ।

अतः बनजंगलमा कसैले पनि लापरबाही नगरौं । चुरोटका ठूूटाहरु फ्याँक्ने, बन तथा खेतबारीका कुुनाकानीमा जतिवेला मन लाग्यो त्यतिवेला आगो बाल्ने, रात्रिमा राँको बालेर बनजंगल र खेतवारीको छेउछाउमा हिड्ने, केटाकेटीलाई सलाई, लाइटर जस्ता वस्तुुहरुसंग खेल्न दिने जस्ता क्रियाकलाप कसैले पनि नगरौं । आफू पनि सचेत बनौं र अरुलाई पनि सचेत बनाऔं ।

प्रतिक्रिया दिनुहोस

<