लकडाउन अवधि लम्ब्याईएसंगै गाउँगाउँमा पनि कडा, खोजी तथा निगरानी समूूह सक्रिय पार्दै स्थानीय तह

२०७६ चैत्र २३

लकडाउन समय अवधि लम्ब्याईएपछि स्थानीय तहमा पनि कडाई गरिएको छ । विदेश तथा छिमेकी देश भारत र स्वदेशमै पनि कामको शिलशिलामा अन्य जिल्लामा गएर फर्केकाहरुलाई अहिले निगरानी गर्ने क्रम बढेको छ । देशभर झैं सल्यानमा पनि त्यसको प्रभाव परेको छ । विभिन्न स्थानीइ तहमा तथ्यांक संकलन र निगरानी भईरहेको छ । सल्यानका दार्मा र कुमाख गाउँपालिकामा पनि विविध गतिविधि सञ्चालन भईरहेका छन् ।

दार्मा गाउँपालिकामा खोजी तथा निगरानी समूह गठन

प्रकाश शर्मा २०७६ चैत्र २३

दार्मा गाउँपालिकाले पनि खोजी तथा निगरानी समूह गठन गरेको छ । कोभिड १९ का विरुद्ध सेचता फैलाउन र विदेश तथा अन्तरजिल्लाबाट आएका व्यक्तिको खोजी तथा निगरानी गर्न खोजी तथा निगरानी समुह गठन गरेको हो ।
२५ घर बराबर एक टोल मानी ५ देखि ९ सदस्सीय रहने गरी खोजी तथा निगरानी समूह गठन गरिएको दार्मा गाउँपालिकाले जनाएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन समूह गठन गरी अघि बढ्ने निर्णय भएको दार्मा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत अमृत खड्काले बताए ।

यस्तै वैठ्कले लकडाउनका कारण दैनिक जीविकोपार्जन गर्न नसक्नेको लगत संकलन गर्ने निर्णय गरेको छ । लगत संकलन गर्दा दिनभरको काम गरेर मात्र साँझ बिहानको छाक टार्ने परिवार जसको कुनै पनि जागिर, पेशा व्यवसाय, खेतवारी लगायतका आम्दानीको कुनै स्रोत नभएको व्यक्तिलाई राहत प्रदान गरिने छ । यस्तै विपन्न, एकल महिला, अपांगता भएका, दिर्घ रोगी, जेष्ठ नागरिक राहत प्रदान गरिने खड्काले बताए ।

पालिका र वडा स्तरमा क्वारेनटाइन निमार्ण र सञ्चालनका लागि भौतिक प्राविधिक तयारी गर्ने र आड वटा स्वास्थ्य संस्था र एम्बुलेन्स चालकलाई पीपिई सहितका सामाग्री प्रदान गर्ने निर्णय भएको छ ।

 

कुमाख ५ मा टोल भन्दा पनि साना इकाई बनाएर गरिदै व्यक्तिको निगरानी

कुमाख समाचार

 

सल्यानको कुमाख गाउँपालिकामा वडा नं. ५ ले कोभिड १९ को विरूद्ध अभियान नै चलाएको छ । वडाअध्यक्ष धर्मे बुढाको संयोजकत्वमा ७५ सदस्यीय समिति बनाएर वडामा अभियान नै संचालन गरिएको छ । १० वटा टोलहरू रहेको वडामा टोलभन्दा पनि सानो इकाइ बनाएर निगरानी समूह मार्फत काम थालिएको छ ।

वडासचिव मान बहादुर गिरीका अनुसार हरेक टोलका ५ देखि ७ घरलाइ समेटेर निगरानी समूह बनाइको छ र ति समूहको अवलोकनको जिम्मा सम्बन्धित टोलका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीलाइ दिइएको छ । समाजमा जनचेतना संगै को आयो को कस्तो छ भन्ने विषयमा पहिचान गरेर समूहको माध्यमबाट वडामा जानकारी गराइन्छ ।

उनिहरूले गाउमा कोरोनाको लक्षण हुने गरी कोही विरामी भएमा वडाकार्यालयमा पनि सम्पर्क गर्न भनेको छ भने विदेशबाट आएकालाई सुरक्षित तरिकाले बस्न भनेको छ । विवाह, पार्टी, भोज, भतेर, पुजाआजा, खेलकुद, जुवातास खेल्ने जस्ता भिडभाड हुने काम नेपाल सरकारले नै प्रतिबन्ध लगाएको बेला गाउँपालिका जस्तै वडाले प्रतिबन्ध गराएको छ ।

कुमाख ५ मा भारतबाट आएका ४० जना रहेको भन्दै उनिहरूको स्वास्थ्य अवस्थामा सामान्य रहेको र १४ दिन कटाइसकेकाले वडामा अरू आउनेको निगरानी गरिने अनि बाहिर कतै नजान भनिएको छ ।

प्रतिक्रिया दिनुहोस

<