आफूूले पाएको अधिकांश सुविधा उद्धार तथा राहत कोषमा जम्मा गर्ने सल्यानका पहिलो व्यक्ति भए बागचौरका मेयर, जसले दिए साढे ४ लाख कोरोना रोकथाममा

चैत्र २३, सल्यान ।

सल्यान बागचौर नगरपालिकाका प्रमुख लोकमान बुढाथोकीले कोरोना रोकथामका लागि ४ लाख ५० हजार रकम प्रदान गरेका छन । निर्वाचन भए लगतै आफुले पाएको सेवा सुविधा वापतको रकम सामाजिक काममा लगाउने जनाएका उनले एक बर्षको सेवा सुविधा बापतको रकम यसरी प्रदान गरेका हुन । यसरी सामाजिक काममा आफ्नो अधिकांश सुविधा प्रयोग गर्ने सल्यानका जनप्रतिनिधि हालसम्मकै एक्ला हुन् ।


कोरोना भाइरसको रोकथाम, अलपत्र परेका नगरबासीको उद्धार तथा विपन्न बर्गलाई राहत दिने उद्देश्यले स्थापना गरेको कोषमा प्रमुख बुढाथोकीले रकम जम्मा गरेका हुन् । नगरले संघ सरकारको मापदण्डलाइ अनुसरण गरेर नगरमा पनि “कोरोना भाइरस रोकथाम, उद्धार तथा राहत कोष“मा खडा गरेको छ । उक्त कोषमा रकम जम्मा गर्दै प्रमुख बुढाथोकीले एक भएर लाग्न र सरकारको नियम पालना गर्दै सबैलाइ जतिसकिन्छ त्यो सहयोग गर्न भनेका छन् । नगरमा नगरपालिकाको चालु बजेटबाट रकमान्तर गरी २ करोड बजेट, कार्यपालिका र कर्मचारीका तर्फबाट १ करोड र अन्य दाताबाट १ करोड गरी जम्मा ४ करोडको कोष बनाइने गरी काम थालिएको छ । त्यसका लागि नगरपालिकाले सबैलाइ सहयोगको अपिल गरेको छ ।

नगरले राहतको लागि जग्गा जमिन नहुने तथा पेशा व्यवसाय र जागिर नभएकालाइ पहिलो प्राथामिकतामा राखेको छ । त्यस्तै नगरले नगरभित्रकालाइ राहत दिदैगर्दा बाहिर अलपत्रमा परेकाहरुका विषमा पनि सोचेर राहत कोष खडा गरेको र कोहि त्यस्तै भएमा यहि रकमबाट परिचालन गर्नेछ ।

नगरपालिकाले पहिले देखि नै होम क्वारेन्टाइन बनाउने र संक्रमणको शंकामा रहेकाको घरमा नै सेवा गर्ने भनिएपनि विचमा अलपत्र परेकाहरुका लागि क्वारेन्टाइनको व्यवस्था गरेको प्रमुख बुढाथोकीले जानकारी दिए । राप्ती राजमार्ग भएकाले नगरमा हिडेर अउनेका लागि साविकका हरेक गाविसमा १ क्वारेन्टाइन बनाउने भन्दै उनले प्राथामिक स्वास्थ्यकेन्द्र थारमारेमा ५ बेडको अइसोलेसन कक्ष तयार पारिने पनि बताए ।

प्रतिक्रिया दिनुहोस

<