सल्यानमा स्वास्थ्य तथा राहत सामग्री थपिदै,  बन्गाड कुपिन्डे बन्यो केन्द्र

सल्यान, २३ चैत ।

कोरोना महामारीले देशभर लकडाउनको अवस्था आएसंगै स्वास्थ्य सामग्री तथा विपन्न वर्गको राहतका लागि खाद्य संकलन एबं वितरण गर्ने कार्य देशभर नै शुरु भएको छ । सल्यानमा पनि केही दिनयता यसप्रकारको सहयोग संकलन तथा वितरण भइरहेको छ । प्रदेश राजधानी सूर्खेतको नजिक भएर पनि हुन सक्छ, सल्यानमा प्रदेश तहका नेताहरुको पहिलो प्राथमिकता बन्गाडकुपिन्डे नगरपालिका भएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्रि प्रकाश ज्वाला र मूख्य मन्त्रिका राजनैतिक सल्लाहकार भिमप्रकाश शर्माले बन्गाड कुपिन्डेलाई कोरोना नियन्त्रण सम्बन्धि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको तीन दिन नवित्दै विपन्न वर्गका लागि खाद्य बस्तुको राहत प्रदान गर्ने कार्य  प्रदेश सांसद गुलाबजंग शाह एबं नेकपा सल्यानका अग्रज नेतृत्वहरु प्रमोद श्रेष्ठ र मनोजसिंहले बन्गाडकुपिन्डेबाटै शुरु गरेका छन् ।

के कति गर्दैछन त गुलावजंग, मनोज र प्रमोदले  खाद्यान्न सहयोग ?

नेकपाका तीन नेताले बन्गाड सरकारलाइ राहत स्वरुप खाद्यन्न उपलब्ध गराएका  छन्। उनिहरुले सवै स्थानीय तहहरुलाई खाद्यान्न सहयोग उपलव्ध गराउने समेत बताएका छन्।  हाललाइ पहिलो चरणमा उनीहरुले २ सय बोरा चामल, २ सय पोका नुन, २ सय बोतल खानेतेल उपलव्ध गराउदै छन् ।
उनिहरुले शुरुमा बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार पुन र उपप्रमुख मन्जु यरीलाई संयुक्त रुपमा  २० बोरा चामल, १५ पोका नुन र २० बोतल खानेतेल उपलव्ध गराएको नगर प्रमुख गोविन्द कुमार पुनले जानकारी दिए  । यसरी प्राप्त भएको सहयोग वडा विपद् व्यवस्थापन समितिको सिफरिसमा एकद्वार प्रणाली मार्फत विपन्नहरुलाई उपलव्ध गराइने प्रमुख पुनले जानकारी दिए ।
त्यसैगरी अन्य स्थानीय तहहरुमा पनि सहयोग उपलव्ध गराउने कार्यक्रम रहेको नेकपाका नेता मनोज सिंहले जानकारी का छन् । देशमा लकडाउन कायम रहेको र अझै यो लम्बिने संकेत देखिएपछि विपन्न र ज्याला मजदुरी गरेर खाने परिवारहरुलाई खाद्यान्न उपलव्ध गराइएको नेता सिंहले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

<