एक स्थानीय तहबाट अर्कोमा र एक प्रदेशबाट अर्कोमा आउजाउ बन्द

चैत २२ गते, २०७६
काठमाडौं ।

शनिबार मन्त्रिपरिषद बैठकले लकडाउनबारे कडा निर्णय गरेको छ ।

निर्णयअनुसार अब एक स्थानबाट अर्को स्थानमा जान पाईने छैन । एक स्थानीय तहबाट अर्कोमा र एक प्रदेशबाट अर्कोमा आउजाउ बन्द गर्ने निर्णय गरेको हो ।

 

सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले निर्णय सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

साथै कैलाली, कन्चनपुर र बाग्लुङ्मा कोरोना भाईरस (कोभिड–१९)को र्यापिड टेष्ट समेत गर्ने भएको छ । यि ३ जिल्लामा संक्रमण बढी देखिएपश्चात सरकारले यस्तो निर्णय गरेको हो । आजै शनिबार मात्रै कैलालीको सेति अस्पतालमा थप ३ जनामा संक्रमण पुष्टी भएको थियो ।

यो सँगै नेपालमा कुलमा ९ जना संक्रमित देखिएका छन् । १ जना निको भएर घर फर्किसकेका छन् भने ८ जना विभिन्न अस्पतालमा उपचार गराईरहेका छन् ।

from kahbardabali

प्रतिक्रिया दिनुहोस

<