नक्कली बादशाह बनेका केपी ओलीलाई समयमै ठेगान लगाइन्छ : रमेश मल्ल

सल्यान, २१ पुस ।

नेकपा प्रचण्ड(माधव नेपाल समुहका युवा नेता रमेश मल्लले प्रधानमन्त्री केपी ओली नक्कली बादशाह भएको बताएका छन् ।

मंगलबार प्रचण्ड(माधव समुहका युवा तथा विद्यार्थी संगठनले सल्यान श्रीनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता मल्लले प्रधानमन्त्री ओली निरंकुश बादशाह बन्न खोजेको बताए ।

संविधानमाथी आक्रमण गरेर प्रधान्मन्त्रीले संसद विघटन गरेको नेता मल्लको भनाइ छ । उनले भने, ‘हिजो दरबारबाट जन्मिएका बादशाहलाई त हामीले ठेगान लगाइसकियो भने आज जनताबाट आएका यी नक्कली बादशाहलाई पनि समयमै ठेगान लगाइन्छ ।’ नेपाली जनताको रगतबाट बनाइएको संविधानमाथी प्रहार हुँदा आफुहरु सडकमा आएको उनले बताए ।

जनताले संघर्ष गरेर ल्याएको संविधानको रक्षाका लागि सबै क्षेत्रबाट दबाब दिनु पर्ने र संविधानमाथीको प्रतिगामी हमलालाइ नसच्याएसम्म आन्दोलनबाट पछि नहट्ने उनको भनाइ छ ।

तत्कालिन समयमा पार्टी एकता गरेर सरकारको ताला चाबी केपी ओलीलाइ दिएको र सुरुदेखि नै ओलीले त्यसलाइ दरुपयोग गरिरहेको उनले बताए । ओली सरकार सुरुदेखि काण्डै काण्डैमा डुब्ना थालेको र आफुहरुले त्यसको कुरा उठाँदा सरकारलाई सहयोग नगरेको आरोप आफुमाथी लागेको नेता मल्लको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

<