थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार ८४४ जना डिस्चार्ज


काठमाडौं, १९ कात्तिक ।
पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ३०९ जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ९२३ पुगेको छ । उनीहरुमध्ये एक हजार २४ जनाको मृत्यु भएको छ। गत २४ घण्टामा देशभरका प्रयोगशालामा १३ हजार १४४ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको प्रवक्ता डा।गौतमले बताए ।

पछिल्लो २४ घण्टामा कोरोना निको भएर थप ३ हजार ८४४ जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन्, भने अहिलेसम्म कोरोना निको हुनेको संख्या एक ४४ हजार ८७८ लाख पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा एक हजार ३०५ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

<