डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथी छानविन गर्न समिति गठन

काठमाडौं, १८ कार्तिक   ।

एनसेल करछली र विवादास्पद ब्यापारी अजयराज सुमार्गीसँग मिलेमतो गरेको अभियोग लागेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि सरकारले छानबिन शुरु गरेको छ । गभर्नर डा। चिरञ्जीवी नेपालको अध्यक्षतामा बसेको राष्ट्र बैंक बोर्ड बैठकले ३ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

राष्ट्र बैंक सञ्चालक समिति सदस्य श्रीराम पौड्यालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको स्रोतले बताएको छ ।

सदस्यमा राष्ट्र बैंक सञ्चालक समितकै सदस्यहरु सुवोधकुमार कर्ण र रामजी रेग्मी रहेका छन् । छानविन समितिले प्रतिबेदन बुझाएपछि कारवाही या सफाई पाउनेछन् ।

मन्त्रीपरिषदको बैठकले छानविन गरी कारवाही गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको थियो । मन्त्रीपरिषदको निर्देशनअनुसार श्रेष्ठमाथि छानबिन शुरु गरिएको राष्ट्र बैंक स्रोतले बताएको छ ।

चार बर्षअघि श्रेष्ठ कांग्रेस कोटाबाट डेपुटी गभर्नर बनेका थिए । श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरण अनुसनधानमा सरकारलाई असहयोग गरेको, बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा लुकाउन सहयोग गरेको लगायतका अन्य आरोप पनि लागेको छ ।

 

प्रतिक्रिया दिनुहोस

<