मन्त्रिपरिषद्को बैठक सुरु, वामदेव गौतम राष्ट्रियसभामा सिफारिस हुने

काठमाडौँ, १९ भदौँ ।
मन्त्रिपरिषदको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद्को बैठक सुरु भएको जानकारी दिए ।

आजको बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभाको मनोनीत सदस्यको रुपमा राष्ट्रपतिसमक्ष सिफारिश गर्ने भएको छ ।

नेकपाको सचिवालय बैठकले बिहीबार रिक्त स्थानमा उपाध्यक्ष गौतमलाई पठाउने निर्णय गरेको थियो । यस्तै, बैठकमा अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिने बुझिएको छ । अर्थमन्त्री खतिवडाको भोलि कार्यावधि सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस

<