लकडाउनबारे निर्णय गर्न प्रधानमन्त्री थाले विज्ञसँग छलफल

प्रतिपक्ष दलका नेता पनि सहभागी

काठमाडौं, २० साउन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुलेसँगै कोरोना संक्रमितहरुको संख्या तीव्र रुपमा बढ्दै गएपछि जनस्वास्थ्य विज्ञहरुसँग छलफल सुरु गरेका छन् ।

पुनः लकडाउन गर्ने वा अन्य कुनै उपायहरु अपनाएर कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्ने भन्नेबारे प्रधानमन्त्री ओलीले विज्ञहरुसँग छलफल सुरु गरेका हुन् ।

विज्ञहरुको छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

सरकारले नेपालमा चैत ११ गतेदेखि लकडाउन गरेको थियो। तर, सर्वसाधारणलाई समस्या परेको भन्दै साउन ६ गतेदेखि लकडाउन खुला गरेको थियो।

केही दिनयता समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि पुनः लकडाउन गर्ने वा जोरबिजोर प्रणाली अपनाउने भन्ने विषयमा सरकारीस्तरमा छलफल समेत सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस

<