बन जंगल र वातावरण संरक्षण गर्न सोच, प्रविधि र जीवनशैलीमै परिवर्तन आवश्यक छ ।

अहिले मध्य गर्मिको समय छ । चर्को घामले मानिसहरु बाहिर हिडडुल गर्न समेत गाह्रो छ । कोठामा पंखा चलाएर बस्नुपर्ने अवस्था छ । बनजंगलमा पनि सुकेका पातपतिंगरहरु प्रशस्त छन् । अँझ त्यसमा पनि सल्लेरी बनहरुमा त सल्लाको कुसुमले पुरै ढाक्ने अवस्था छ । एकातिर हिड्ने बाटो नै पुरिनेगरी सल्लाको कुसुम भरिएको छ र अर्कोतिर बर्षातमा घाँस पलाउन समेत त्यसले बाधा गर्छ ।

यस्तो अवस्थामा दीर्घकालीन सोच राख्ने नागरिकहरुको कमि हुनवित्तिकै बन जंगल सखाप पार्ने योजना स्थानीयहरु नै लागिपरेका हुन्छन् । यस्तो आधुनिक प्रविधि र सूचनायूक्त संसारमा राज्यले चाह्यो भने सवैखाले दोषिहरु पत्ता लाग्न सक्छन् । तर स्थानीय समुदायले नै आगो लगाउनेहरु, डढेलो लगाउनेहरुलाई संरक्षण गरिराखेका हुन्छन् ।  उनीहरुले विकल्पै नदेखेपछि गलत काम गर्न बाद्य भएको अवस्था पनि छ ।

अतः ति बिकल्पहरुका बारेमा समयमै छलफल गरिनुपर्छ, डढेलोबाट हुने नोक्सानीका बारेमा पहिले नै छलफल चलाईनुपर्दछ । सल्लाको कुुसुमबाट के के बनाउन सकिन्छ, के कति लाभ लिन सकिन्छ, त्यस प्रकारका विधि र उपाहरु पहिले नै खोजिनुपर्छ ।

पत्रिकामा, रेडियोमा र अन्य विभिन्न सञ्चारमाध्यममा डढेलो लगाउनु कानूनी अपराध हो भनिन्छ, दण्डनीय अपराध हो, कसैले पनि यस प्रकारको काम गरिनुहुँदैन भनेर दह्रो प्रचार प्रसार गरिएको छ ता पनि प्रत्येक वर्ष नियमनकारी निकायकै अगाडि डढेलो लाग्नुले कानूनको खिल्ली उडाएझैं भईरहेको छ ।

यसरी अधिकांश नेपालीहरु कृषि पेशामा आबद्ध हुनु, कृषि तथा पशुपालनका लागि बनजंगलमा आश्रित हुनुले वर्षेनी तिनै घटना दोहरीएका छन् । अतः बनजंगल र वातावरण जोगाउन पशुचौपायाका लागि छाडा चरिचरण बन्द गर्नुपर्छ । खेतवारीमा चाहिने मलहरु कुहाएर या विभिन्न तरिकाले उत्पादन गर्नुपर्छ । हिजोआज गोरु पाल्न धौ धौ पर्ने अवस्थामा अब मेशिनले खेतवारी जोत्ने तरिका अपनाउनुपर्छ ।

बन जंगल र वातावरण संरक्षणका लागि विभिन्न जनचेतनामूलक क्रियाकलाप सञ्चालन गर्नुपर्छ र यति भैसकेछि फेरी कडा कानून बनाउनुपर्छ । कानून यति कडा होस् कि अपराधिहरुलाई आजीवन जेल या फाँसि नै दिन पनि राज्य तयार रहनुपर्छ । यसरी निष्कर्षमा भन्नुपर्दा बन जंगल र वातावरण संरक्षण गर्न सोच, प्रविधि र जीवनशैलीमै परिवर्तन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस

<