कुमाखमा बन्यो २० वेडको क्वारेन्टाइन कक्ष

चैत्र २२, सल्यान ।

सल्यानको कुमाख गाउँपालिकाले २० वेडको क्वारेन्टाइन स्थल बनाएको छ । गाउपालिकाको केन्द्रमा रहेको जनता मावि रागेचाैरमा बनाइएको क्वारेन्टाइनमा कोरोनाको शंका रहेका व्यक्तिलाइ राखिने छ ।
गाउँपालिकामा अन्य देश तथा बाहिरबाट अएका व्यक्तिहरू घरमा नै सुरक्षित तरिकाले बसेको जनाएको गाउँपालिकाले त्यस्तो समस्या भएको व्यक्तिको उपचारमा सहयोग हवस भनि क्वारेन्टाइन स्थल निर्माण गरिएको स्वास्थ्य शाखा प्रमुख मानसिङ वलीले जानकारी दिएका छन ।

कोरोना भाइरस भएकाले उपचार तथा खानपान व्यवस्थित भए यसलाइ रोक्न सकिने भएकाले विदेशबाट अएकाहरू सचेत रहन परिवार तथा अर्को व्यक्तिबाट टाढा रहन स्वास्थ्य शाखा प्रमुख वलीले अनुरोध गरेका छन ।

गाउपालिका भित्र चैत्र महिनमा १०३ जना अन्य स्थानबाट अएकाको तथ्याङ संकलन गरेको र अन्य कोहि कतैबाट अएको भए खबर गर्न गाउँपालिकाले अनुरोध गरेको छ । कोहि विदेशबाट अएको भए नजिकका जनप्रतिधि जनप्रतिनिधि तथा स्वास्थ्यका कर्मचारीलाइ जानकारी दिन र निरन्तर सम्पर्कमा रहन गाउपालिकाले अनुरोध गरेको छ ।

 

form onlinetahalka

प्रतिकृया दिनुहोस

प्रतिक्रिया दिनुहोस

<