जेसिजले गर्यो १६२ विपन्न परिवारलाई राहत वितरण

सल्यान, २२ चैत्र ।


कोरोना महामारीका कारण देशभर भएको लकडाउनले सल्यानमा पनि काम गरी खाने वर्गलाई समस्या थपिदै गएको छ । सोहि समस्यालाई मध्यनजर गरी सल्यानको शारदा नगरपालिका वडा नं. १ र २ का दैनिक ज्यालामजदुरी गरी बिहान बेलुकाको छाक टार्नुुपर्ने परिवारहरुलाई सल्यान जेसिजले राहतस्वरुप खाद्य सामग्री वितरण गरेको छ । श्रीनगर बजार एबं आसपासका विपन्नहरुलाई सल्यान जेसीजले राहत स्वरुप शनिबार खाद्य सामग्री वितरण गरेको हो ।

शारदा नगरपालिका वडा नम्बर १ र २ बस्तीहरु क्रमशः शान्तीनगर, श्रीनगर बसपार्क क्षेत्र, छापडाडा, भगवतीखोला, दारिमचौर, पटनेरी, दोमाटी, जोगिदेखोला र नयाँबस्तीमा बसोबास गर्ने १६२ दैनिक ज्यालामजदुरी गरी जीवन निर्वाह गर्ने परिवारहरुलाई राहत वितरण गरिएको हो । राहतस्वरुप प्रति परिवारलाई १७००।– रुपैया बराबरको प्याकेज सामाग्री वितरण गरिएको  छ । खाद्य सामग्रीहरुमा एक बोरा चामल, २ किलो नुन्, २ किलो दाल, १ लिटर तेल र २ प्याकेट चाउचाउ रहेको  सहयोग अभियानका युवा अभियान्ता ध्रुवराज वलीले जानकारी दिएका छन् ।

जिल्लाका बिभिन्न ठाँउ तथा जाजरकोट, बिरगन्ज लगाएतका स्थानमा घर भएर जिल्लामा बस्दै आएका उनीहरुलाई राहत बितरण गरिएको हो । राहतको लागी १ सय ३१ जनाले आर्थिक सहयोग र ४ जनाले जिन्सी सामान सहयोग गरेका जेसीज सल्यानका सदस्य डम्बर केसीले बताए । त्यस्तै संकलित २ लाख ५० हजार ७ सय ७८ रुपैँयाबाट खाद्यान्न सामाग्रीहरु खरिद गरेर बितरण गरिएको सल्यान जेसिसका कोषाध्यक्ष दिपक बोहराले जानकारी दिए ।

कोरोनाबाट बच्न र बचाउन भन्दै जेसिजका पदाधिकारी, श्रीनगर बजार व्यवस्थापन समिति र केही युवा व्यबशायीहरुको पहलमा यस अघिपनि  श्रीनगर बजारका विभिन्न क्षेत्रमा हात धुुने साबुुन र पानीको व्यवस्था गरिएको थियो । त्यसैगरी मास्क वितरण गरिएको थियो भने कोरोनाका लक्षण र बच्ने उपायहरु उल्लेखित पर्चाहरु वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

<