नगर सभापतीद्वारा प्रहरीलाई सुरक्षा सामाग्री हस्तान्तरण

चैत्र २२, सल्यान ।सल्यानमा नेपाली काग्रेशका  एक युवा नेताले प्रहरीलाइ अत्यावश्यकिय सामाग्री हस्तान्तरण गरेका छन । शारदा नगरपालिका सभापती सचेत शाहले प्रहरीलाइ ३५० थान मास्क र एक हजार थान ग्लोभ्स हस्तान्तरण गरेका हुन ।
शनिबार जिल्ला प्रहरी कार्यालयको प्रांगणमा पुगेका उनले कोभिड १९ कोरोना महमारीको बेला ड्युटीमा खट्ने प्रहरीलाइ सामाग्री हस्तान्तरण गरेको जनाएका हुन ।
कोरोनाको बेला बेला सरकारले १२ दिन देखि लकडाउन गर्दा ड्युटीमा रहने  सुरक्षाकर्मीलाइ सहज हवस भनेर राहत सामाग्री प्रदान गरिएको हो ।
सर्वसाधारणलाई लकडाउन पालना गराउनको लागि सम्झाउनुपर्ने र कतिपय अवस्थामा उनीहरुको सम्पर्कमा आउनुपर्ने अवस्था पनि आउने गर्दछ । तर यस्तो बेला सुरक्षाकर्मीहरु सँग पर्याप्त मात्रामा सुरक्षाको सामाग्री चाहिन्छन ।सुरक्षाकर्मीहरुको सुरक्षालाई मध्यनजर गर्दै शाहले शनिबार जिल्ला प्रहरी कार्यालयको प्रांगणमा मास्क र ग्लोभ्स हस्तान्तरण गरेका हुन ।
सामाग्री ग्रहण गर्दे प्रहरी नायव उपरीक्षक ढकेन्द्र खरितवडाले सहयोगको लागि नेता शाहलाई धन्यवाद दिएका छन् । संकटको यस घडीमा यो सहयोगले सुरक्षाकर्मीलाई आफ्नो ड्युटी गर्नको लागि थप हौसला र मद्दत पुग्ने उनले बताएका छन् ।

सल्यान जिल्ला भरी ३३२ जना प्रहरी कार्यरत रहेका छन् । उनीहरु सबैलाइ पुग्ने गरी सामाग्री हस्तान्तरण गरिएको हो । नगर सभापति एवम् कांग्रेस युवा नेता शाहले महामारीको कारण कुनै नागरिकको पनि ज्यान जाने अवस्था आउन नहुने धारणा राख्दै सर्वसाधारणको सेवाको लागि प्रहरीलाई धन्यवाद दिएका छन् । शाहले आवश्यकता अनुसार सशस्त्र प्रहरीलाई पनि सामाग्री उपलव्ध गराउने बताएका छन् ।

source: onlinetahalka

प्रतिक्रिया दिनुहोस

<