बनगाड कुपिण्डे नगरपालिकामा १५ हजार लिटर किटनास औषधि छर्किदै

इन्द्र बुढाथोकी
सल्यान २२ चैत्र ।

सल्यानको पश्चिम बनगाड कुपिण्डे नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि औषधि छरेको छ । उक्त नगरपालिका भित्र दमकलको पहुँच पुग्ने विभिन्न स्थानमा १८ हजार बढी कोलोरिन पाउडर भाइरस किटनासक औषधि छर्किदै छ । नगरपालिकाको क्षेत्रमा पाँच जिल्लाको नाका भएकोले त्यस जिल्लाका मान्छेहरू हिडेर आउने र छिन्चु जाजरकोट डोल्पा र सल्ली चौरजहारी सडक पर्ने भएकोले कोरोना भाइरसको जोखिम हुने भएकोले किटनासक औषधि छर्किन लागेको बनगाड कुपिण्डे नगरपालिका प्रमुख गोविन्द कुमार पुनले बताएका छन् ।

नगरपालिकाको आर्थिक सहयोग र नगर स्वास्थ्य शाखाको आयोजनामा देवस्थल, सल्लीबजार, च्युरा, नाथेखोला, सुनौलीमा फोहमैला तथा विभिन्न खाले किटाणु भाइरस नियन्त्रण तथा उन्मुलमा यसले सहयोग गर्ने नगर स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेलले जानकारी दिनु भएको छ । कोरोना भाइरस रोकथाम तथा पुर्व सतर्कताको लागि बनगाड कुपिण्डे नगरपालिकाले चरण चरणमा योजनावद्व रुपमा काम गरेको छ ।

त्यसै गरि २० बेडको क्वारेन्टाइन समेत व्यवस्थापन गरिसकेको छ । विपद व्यवस्थापन समितिले पनि घरमै पुगेर जनचेतनामूलक कार्यक्रम गरिरहेको छ । अहिलेसम्म नगरपालिकामा कुनै संकास्पद विरामि नभेटिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

<