सरकारकै कारण रोकियो पुल

माघ २०, कालिकोट । सुर्खेत-जुम्ला सडक खण्डका पुल निमार्ण नहुदा यातायातका साधनले निकै सास्ती खेप्नु परेको यो नौलो घटना होइन । कालिकोट जिल्लाको तिलागुफा नगरपालिकामा पर्ने ठेका नम्वर तीन खल्लागाड छेप्का पुल सरकारकै कारणले रोकिएको निमार्ण ब्यबसायी प्रेमवहादुर शाहीले बताए ।

सरकारले समयमै ध्यान नदिदा पुल निमार्ण पाँच महिना देखि रोकिएको छ । पुल वन्ने ठाउमा स्थानियको घर र जग्गा परेकाले मुआब्जा समयमा उपलब्ध नहुदा पुल निमार्णमा अवरोध भएको निमार्ण ब्यवसायी शाहीले भनाई छ ।

२०७३ सालमा डइगन जेवि व्रमाणी निमार्ण सेवा काठमान्डौले ठेक्का पाएको यो पुल धेरै समय पछि कालिकोटका प्रेमवहादुर शाही प्रतिनिधि भएर निमार्ण कार्य सुरु गरे । तर पुल बनाउदा छेउमा रहेका घर र जग्गा भत्कीएका कारणले घर तथा जग्गा धनिलाई मुआब्जा दिनु पर्ने भयो । समयमा मुआब्जाको लागी फाइल त तयार भयो, तर सरकारले रकम नपठाउदा समस्या भएको उनको भनाई छ ।

मुआब्जाका कारणले पुल निमार्ण रोकिदा आफुलाई निकै समस्या भएको ब्यबसायी शाहीले बताए। घर धनी मनिचन्द्र न्यौपाने लगाएत सात जनाले मुआब्जा पाउनु पर्ने थियो । संघिय सरकारमा फाइल पुगेको छ । मात्र मन्त्रीले तोक नलगाएका कारणले मुआब्जा नआएको र मुआब्जा नपाउदा आफ्नो निमार्णको काम रोकिएको उनले दुखेसो गरे ।

२०७४ साल वैशाखमा पुल निमार्ण सक्नु पर्नेमा तीन पटक सम्म म्याद थपेर आफुलाई चार लाख ८० हजार हर्जना तिर्नु परेको शाहीको भनाई छ । अझै पनि मुआब्जाको कुनै टुग्गो नलागेकाले फेरी पनि हर्जना तिर्नु पर्ने बाध्यता छ शाहीले भने । मुआब्जा सरकारले दिने हो । समयमा दिएको भए पुलको सिलिप सकिएको पाँच महिना सम्मपुल हस्तान्त्रण गर्ने थिए ।

सडकका कर्मचारी, सरकारका कारणले आफुले घाटा खाएको उनको भनाई छ । २०७६ साल सम्म पनि मुआब्जा नआएमा आफु पुर्ण रुपमा रिणमा फस्ने चिन्ता रहेको दुखेसो निमार्ण ब्यवसायी शाहीले गरे । भ्याट छोडेर २ करोड ९० लाखमा निमार्ण हुने पुलको काम सकिएको र फिनिसिगं वाँकी रहेकाले म्याद थप्दै खर्च बढेको छ । पुल हस्तान्त्रण गर्दा ६५ लाख भुक्तानी आउने आसा शाहीको छ । तर मुआब्जाको टुग्गो नलाग्दा ठेकेदार सहित यातायातका साधन र चालकहरुले निकै ठुलो सास्ती खेपिरहेका छन । खोला वाट यातायातका साधनहरु आउजाउ गर्न नसकेर तीन देखि चार घण्टा एउटै यातायातको साधनले समय लगाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

<