सर्जकलाइ सम्मान नगर्नु तिम्रो भुल हो ‘रबि ओड’

केबी गुरुङ । मैले नसोधी गायको छु र मिस्टेक पनि गरे, सो सरि ल दाइ ?

हजुरबाट पनि धेरै सिक्नु छ दाइ, सो लोक गित गाउने पनि मैले कोसिस गर्दैछु । हिड्ने मान्छे लड्छ ! तपाइँले सिकाउनु एको छ, त्यसको लागि धन्याबाद ।

लोक गित ‘सालको पात टपरी’का सर्जक बसन्त थापाको गित नेपाल आइडलका बिजेता रवि ओडले अस्ट्रेलियाको स्टेजमा गायपछि, उनले सर्जक थापा संग यसरि माफी मागे । गल्ति पश्चात माफी माग्नु ठुलो महानता हो तर माफी नदिने महाभुल हो ।

रबि बिजेता बन्ने बेला रुष्ट बनेका केहि अराजक तत्वले उनलाई नंग्याउन अहिले हतियारको रुपमा प्रयोग गरेर, गाउदा गित बिगारेर, शब्द भुलेर गायो भन्दै उडाइरहेका छन् ।

रबि ओड गरिब परिवारमा जन्मिए । गरिब र पिछडिएको समुदायबाटै दोश्रो नेपाल आइडल जिते । उनको जितमा बेखुसीहुने केहि जमातलाइ यति बेला भने बसन्त थापाको ‘आलोचना’ रविलाई उडाउने खुराक बनेको छ ।

नेपाली संस्कार के हो ? पंतिकारले अहिले सम्म बुझ्न सकेन । कसैले भन्छन संस्कार भनेको आफूभन्दा ठुलालाई मानमर्दन र सम्मान गर्न सामदाम दण्ड भेटि चढाएर खुट्टा समाउने हो ! कसैले भन्छन संस्कार भनेको त्यो हो; न ठुलो, न सानो सबै स-सम्मान बराबर भएर बाँच्न पाउने हो ।

नेपाली कलाक्षेत्रमा यो ‘संस्कार’ भन्ने लगौटीले भने धेरै नव प्रतिभाहरुको घांटी निमोठ्ने गरेको छ । संस्कार भन्ने जिनिसको पालना नगर्दा कैयौ नव प्रतिभाहरु गुमनाम हुनुपरेको छ, पलायन भएका छन् ।

नव प्रतिभाहरु हिड्दा हिड्दै अन्जानमा लड्दा सर्जक, संगीत गुरु तथा बरिष्ट, कनिष्ट कलाकारहरुलाइ संस्कार अनुसारको सम्मानमा आँच आउछ र ज्युउदै मारिएका छन्, यो क्षेत्रबाटै पलायन भएका छन् ।

आउने नव प्रतिभाहरुलाई जगेर्ना गर्ने वातावरण नेपाली कलाक्षेत्रमा शुन्य छ । त्यहाँ भक्तिभाव गर्नुपर्छ । राजा महाराजाहरुलाई झैँ पाउ छोएर झुक्नु पर्छ, देवीदेवताहरुलाइ झैँ गाउनु पुर्व नाम पुकार्नु पर्छ । मान सम्मानको भेटि चढाएर मात्र नित्यकर्म गर्नुपर्छ ।

यसरि हेर्दा, यो क्षेत्र गुलामको क्षेत्र हो, जहाँ गुलामीका गीतहरु मात्र गाईनु पर्छ ।

प्रतिक्रिया दिनुहोस