समय र प्रविधिले बस्तुको बजारभाउ निर्धारण गर्दछ

समय र प्रविधि निकै नै बलवान् छन् । हिजोका कतिपय वस्तुहरुले निकै कम महत्व पाएका छन् ।

कतिपय वस्तुहरु नयाँ नयाँ प्रविधिका कारण महत्वहीन बन्न पुुगेका छन् । हिजो हात–हातमा मोवाईल नहुने समयमा घडिको निकै महत्व भयो । हातमा घडि लगाएका मानिसहरुको महत्व नै बढी थियो ।

कता कता विवाहमा बेहुुलालाई बेहुुलीपक्षले घडि दिने चलन पनि आयो । बाटोमा हिड्ने मानिसले राम्रो घडि लगाएको भए उसलाई हेर्ने दृष्टिकोण नै फरक थियो । आज घडि पशल नै कम महत्वका भएका छन् ।

बरु भित्तामा राख्ने घडिहरु अँझै कताकता देखिन्छन् । विशेष गरी हातहातमा मोवाईल पुुगेका कारण घडिले कम महत्व पाएको हो । त्यस्तै अर्को एउटा सञ्चारको साधन रेडियोले कम महत्व पाउन थालेको छ ।

रेडियोले समाचार तयार पार्नुुभन्दा पहिले नै मानिसहरुले विभिन्न समाचार थाहा पाईसकेका हुुन्छन् । अनलाईन प्रविधि रेडियो भन्दा छिटो साधन भएको छ । अँझ कतिपय कुराहरु त सामाजिक सञ्जालले अँझ छिटो जानकारी दिने गरेको छ । कुुनै गाडि दुुर्घटना भयो भने यथार्थ विवरण आइनसक्दै फोटोसहित मानिसले अगाडि नै सार्वजनिक गरिसकेका हुुन्छन् ।

यसरी आज प्रविधिको विकाससंगै कतिपय वस्तुहरुको बजारभाउ बढेको छ भने कतिपयको घटेको छ । त्यस्तै अर्को बजार घटेको वस्तुु पत्रपत्रिका पनि हो । पत्रपत्रिकाप्रति मानिसको विश्वास हुुँदाहुुदै पनि समयमा सवै क्षेत्रमा पुुग्न नसकेका कारण पनि महत्व कम भएको छ ।

हिजोका दिनमा विभिन्न कुराहरु थाहा पाउन पत्रपत्रिका नै हेर्नुुपर्दथ्यो । तर अहिले त गोरखापत्रमा छापिएको समाचार होस् कि कान्तिपुुरमा छापिएको होस् महत्वपूूर्ण समाचार वा सूूचना भएमा तत्काल फेसबुक र अनलाईनमा हेर्न सकिन्छ । जसले गर्दा पत्रिका खोज्नैपर्ने बाद्यता हटेको छ ।

त्यस्तै प्रविधिको विकाससंगै गाईगोरुको महत्व पनि घटेको छ । अहिले गाउँमा गाईगोरु पाल्नेहरु निकै कम छन् । ट्याक्टरले सजिलै खेतबारी जोत्ने भएका कारण गाईगोरुको महत्व घटेको छ ।

त्यस्तै प्रविधिको विकाससंगै गाउँका ढिकीजाँतो र उखुु एबं तोरी पेल्ने परम्परागत कोलहरु लोप हुने अवस्थामा पुुगेका छन् । कुनै समय निकै नै महत्वपूूर्ण मानिने ती वस्तुहरु आज महत्वहीन बनेका छन् ।

यसरी समयको माग र प्रविधिको विकाससंगै बस्तुुको बजारभाउमा उतारचढाव देखिन्छ । यी सवै कुराहरुलाई स्वीकार्न र सोहि अनुुरुप अगाडि बढ्नुुपर्ने आवश्यकता सवैसामु खड्किएको छ ।

प्रतिक्रिया दिनुहोस

<