सल्यानका प्रहरी प्रमुख खतिवडाले गरे पत्रकारसंग भेटघाट संगै प्रगति विवरण सार्वजनिक

सल्यान, १८ भदौ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले सल्यानका पत्रकारहरुसंग भेटघाटसंगै आफ्नो कार्यकालमा भएको बार्षिक प्रगति विवरण बिहीबार सार्वजनिक गरेका छन् ।

खतिवडाले गत बर्ष भदौ १८ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा प्रमुख पद समालेका हुुन् । ठिक एक वर्ष पुुगेकै दिन भदौ १८ गते उक्त प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

खतिवडाको कार्यकालमा भएका प्रगति अपराध अनुसन्धान तर्फ

प्रस्तुुत गरिएको प्रगति विवरण अनुुसार उक्त एक वर्षे अवधिमा लागू औषध मुद्दाका प्रतिबादी ११, जना, जुवातास मुद्दाका प्रतिबादी ३० जना, बालबिबाह मुद्दाका प्रतिबादी २८ जना, जवर– जस्तीकरणी मुद्दाका प्रतिबादी १९ जना, जवरजस्ती करणी उद्योगका प्रतिबादी ९ जना छन् ।

त्यस्तै कर्तव्य ज्यान मुद्दाका प्रतिबादी ३ जना, चोरी मुद्दाका प्रतिबादी १६ जना, हतियार खरखजना मुद्दाका प्रतिबादी ६ जना, मानव बेचबिखन मुद्दाका प्रतिबादी २ जना, सवारी ज्यान मुद्दाका प्रतिबादी ७ जना छन् ।

त्यसैगरी अन्यमुद्दाका २ सय २५ जना (१३९ जना महिला र ३२ जना पुरुष) प्रतिबादीहरु पक्राउ गरिएको उनले जानकारी दिए ।

अदालतमा मुद्दा बिचाराधिन रहेको तथा गत श्रावण महिना देखि भदौ १० गते सम्म १ सय २४ जना प्रक्राउ परेकोमा ४२ जना कैद सजायका र बाँकी जरिवानाका फरार प्रतिबादी प्रक्राउ परेका हुन् ।

पक्राउ परेकामा महिला २२ जना र पुरुष १ सय ८ जनाको – ३८ बर्ष १९ दिन कैद र १ लाख ३२ हजार ६ सय २ रुपैयाँ २८ पैसा जरीवाना गरि सम्बन्धित कार्यालयमा बुझाएको जानकारी उनले दिए ।

प्रगति विवरण अन्तर्गत प्रहरीले १ सय ५० जना पण्डित र पास्टरलाई बालबिबाह न्युनिकरण सम्बन्धी अनुशिक्षण गरेको, एक सवारी एक स्टिकर को ब्यबस्था गरेको, भन्सार छली चोरी निकासी गरेका ७ वटा बाईक नेपालगन्ज भन्सारमा बुझाएको बताईएको छ ।

साथै शान्ति सुरक्षा तर्फ अबैध मदिरा नियन्त्रण, अनुमतिपत्र नभएका साना तथा ठुला सवारी साधन नियन्त्रणमा लिई कानुन बमोजिम जरिवाना गरेको, मास्क प्रयोग नगर्ने १ हजार ६ सय ७१ जनालाई कार्वाही गरेकोसमेत बताईएको छ ।

प्रतिक्रिया दिनुहोस

<