प्रहरी इन्चार्ज खडकाको छापामार शैलीमा सरुवा गरिएको भन्दै नेकपा बनगाडको आपत्ति

सल्यान, १८ भदौ ।
देवस्थल ईलाका प्रहरी कार्यालय सल्लीबजारका प्रहरी नायब निरीक्षक (इन्चार्ज) मीन बहादुर खड्काको सरुवा छापामार शैलीमा भएको भन्दै ने.क.पा . बनगाड कुपिण्डे नगर कमिटिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनगाड कुपिण्डे नगर कमिटी अध्यक्ष किर्ती बहादुर राना र सचीव गन्जमान बुढाको सयुक्त हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

नेपाली काँगे्रस पार्टीको प्रलोभनमा परि सरुवा भएका प्रहरी नायब उपरीक्षक डिएसपी ढकेन्द्र खतिवडाले दरबन्दी सोही ईलाकामा भएका खड्कालाई ५ महिनामा नै काजमा अनेत्रै सरुवा गरेको र त्यसमा पनि सरुवा भएको २ घण्टा भित्र छापामार शैलीमा अर्को इन्चार्ज पठाएको प्रती हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको नेकपाको विज्ञप्ति उल्लेख गरिएको छ ।

साथै विश्वमा कोरोना महामारीले आक्रान्त भएको अवस्थामा सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा इन्चार्ज खड्काले खेलेको भुमिका अग्रपंक्तिमा रहेको प्रशंसा गर्दै बनगाड कुपिण्डे नगरपालिकामा मात्र ३५ सय मानिस आएको र ४० वटा क्वारेन्टाइनको व्यवस्थापनमा उल्लेखनीय भुमिका खेलेको छ ।

अहिले पनि विभिन्न देशबाट आएका मानिसहरूले व्यवस्थापनमा लागेको लामो समय देखि आपराधिक गतिविधिमा लागेका गुन्डागर्दी गर्दै हिड्ने मानिसहरुलाइ समेत समातेर त्यसलाई निरुत्साहित गरेको मोटरसाइकल चोरी गर्नेलाइ रातभर खोजिकार्य गरि जिल्लामा बुझाउनु, अन्यायमा परिरहेका जनताको तत्काल न्याय दिनु , जनताको सुरक्षामा सधै अग्रपंक्तिमा रहेर काम गर्ने, स्थानीय स्तरमा बिगत ४ वर्ष देखि अवरुद्ध नाथेखोला पुल लगाएत अन्य बिकास निर्माणकार्य गराउन इन्चार्ज खडकाको अहम भुमिका रहेको विज्ञप्ति बताएको छ ।

 


साथै मोटरसाइकल चोरी गरेका व्यक्तिको फोटो र मोबाइल नम्बर समेत जिल्ला प्रहरी कार्यालयमा बुझाउदा समेत डिएसपी ढकेन्द्र खतिवडाले अहिले सम्म खोजिकार्य नगर्नु , सरुवा हुनु भन्दा एक दिन अगाडि नेपाली काँग्रेसका कार्यकर्ताले बजारका चियापसलहरुमा अब हाम्रो निकटको व्यक्ति प्रहरी इन्चार्ज आउदैछन भन्नुले यसमै मिल्दोजुल्दो घटना हुनुले यो सरुवा प्रती गम्भीर ध्यानाकर्षण भएको र सरुवा कार्यान्वयन नगराउन सबै प्रती हाम्रो पार्टी सबैमा अनुरोध गर्दछौ भनिएको छ ।
पक्राउ गरेर जिल्ला पठाएका व्यक्तिहरुको मुद्दा समेत फितलो गराउनु, अपराधिक गतिविधिमा लागेकोलाइ नसमात्नु, मोटरसाइकल चोरीकार्यमा संलग्न व्यक्तिको फोटो र मोबाइल नम्बर समेत उपलब्ध गराउदा समेत खोजिकार्यमा कुनै तदारुकता नदेखाउनुले अझै प्रष्ट हुन्छ नेपाली काङ्ग्रेसको प्रलोभनमा परि यस्तो गरैकानुनी कार्यमा डिएसपी खतिवडाको लागेको नियत प्रती हामी गम्भीर भएका छौ विज्ञप्तीमा भनिएको छ ।

अन्त्यमा भनिएको छ । सरुवा भएका प्रहरी नायब निरीक्षक खड्कालाई दरबन्दीमा राखेर काजमा सरुवा बदर गर्ने सबै सम्बन्धित निकायलाइ अनुरोध गर्दछौं भनिएको छ ।

प्रतिक्रिया दिनुहोस

<