कतिको सिन्दर पुछियो ।
कतिको घरबार लुटियो ।
कोहि टुहुरा हुनुपर्यो ।
त कोहि सहिद हुनुपर्यो ।
तेसैले बाचेकोमा गर्व गर ।
बाचेकोमा गर्व गर, मरिजाने ले के पाए ,
तिमी संग आज सरकार छ ।
सत्ता छ शक्ति छ। पावर छ।
सुकिला मुकिला छौ ।
गाडि घोडा छ, दल बल छ ।
तेसैले त बांचेकोमा गर्व गर, मरिजाने ले के पाए ,
बांचेको मा गर्व गर, मरिजानेले केपाए,
जनयुद्ध ले तिमिलाइ खेल्न सिकायो ।
बोल्ना सिकायो ।
मोज मस्ति गर्ना सिकायो ।
घर ,गाडि, पैसा, जुवा तास अनि दलाल बन्ना सिकायो ।
तेसैले त बांचेको मा गर्व गर, मरिजाने ले के पाए ।
बाचेकोमा गर्व गर ।
घाइतेहरु बेड मै छन ।
अपांग हरु अपाङ नै छन ।
बेपत्ताको सुचि मात्र छ ।
सहिद को त्यो टुहुरो खाडिको तातो बालुवामा छ ।
तेसैले त गर्व गर, मरिजानेले के पाए ।
होटेल हरुमा तिमै नाम चर्चा छ ।
बारहरुमा तिम्रै नाम चर्चा छ ।
सडक मा बच्चा नाङ्गै छ भोकै छ।
किसान संग मलछैन ।
महिला संग इज्जत छैना ।
तेसैले त बाचेको मा गर्व गर ।
मरेकाले के पाए, बाचेको मा गर्व गर, मरेकाले के पाए ।
गाउमा महिलाको लास भेटिन्छ तिमी संग दर्जन सेना छ।
पुलिस छ ।
माझी आज माछा मारिरहेको छ ।
तिमी माछाको स्वाद खोजिरहेका छौ, कर्णाली का बिरामि औषधि मागीरहेका छन ।
तिमी आज कालो धान खोजि रहेका छाै ।
यसैले त बाचेकोमा गर्व गर, मरिजाने ले के पाए।
परिबर्तन गर्छु भन्दै हिडेको छोरा फर्केन
साडि ल्याउना भन्दै हिडेको श्रीमान फर्केन ।
तिहारको टीका लगाउन हिडेको भाइ फर्केन ।
पेन्सिल किन्न गएको बुवा फर्केन ।
आमाले छोडिन, दिदी ले छोडिन ।
आज संगै श्रीमती छैन, मेरो नया सपना छैन ।
तेसैले त बाचेकोमा गर्व गर ।
मरेर जानेले के पाए ।
प्रतिक्रिया दिनुहोस