सल्यानमा एक युवकले गरे श्रीमतीको नाममा आत्महत्या

सल्यान, १९ असार ।
सल्यानमा एक युवाले श्रीमतीको नाममा आत्महत्या गरेका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका (२ बुराँसेका २० वर्षीय बिनोद ओलीले बिहीबार राती घर नजिकै रुखमा झुण्डिएर आत्मह’त्या गरेको इलाका प्रहरी कार्यालय दमाचौरले जनाएको छ ।

घटनास्थलमा दमाचौरको प्रहरी टोली पुगेर शवलाइ जिल्ला अस्पताल सल्यान पठाएको छ । उनि श्रीमतीको कारण लामो समय देखि डिप्रेसनमा भएकोले आत्मह’त्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।

श्रीमती अर्कैसँग लागेपछि डिप्रेसनमा थिए

ती युवाले दुइ वर्ष अघि छत्रेश्वरी गाउँपालिका १ सुन्दुरे भन्ने ठाउँबाट बिहे गरेका थिए । श्रीमान श्रीमतीको राम्रो सम्बन्ध नभएपछि १० महिना अघिदेखि श्रीमती माइतमा बस्दै आएकी थिइन् ।

बिनोदका साथी हेमराज बस्नेतका अनुसार श्रीमती माइतमा बस्ने र अन्य केटा सँग कुरा गर्ने गरेको थाहा पाएपछि ति युवा डिप्रेसनमा थिए । श्रीमती माइतीमा बस्दै आएकाले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।

उनले श्रीमतीको म्यासेजमा एउटा सुसाइड नोट समेत लेखेको बताइएको छ। उनले सुसाइड नोटमा श्रीमती अर्कैसंग लागेको कुरा थाहा पाएको र आफ्नो आखाँले अर्कैसंग गएको देख्न नचाहेकाले आफुले आत्मह’त्या गरेको उल्लेख गरेका छन् । उनले श्रीमतीलाइ ‘तिमी राम्रो हुनु, मेरो जिन्दगी यत्ती नै हो’ भनेर म्यासेज पठाएका छन् ।

आत्महत्या गर्नु अघि घरमा आमा बुबालाइ ति युवाले ‘मेरो मोबाइलको लक खोल्न सिक्नुहोस, कहिल्यै चाहिन्छ भनेर लक खोल्न समेत सिकाएर कोठामा गइ सुतेका थिए । बिहान घरको छेउमा दाउरा ल्याउन जाँदा आमाले झुण्डिएको अवस्थामा फेला पारेकी हुन् ।

लेकाली अन्लाईनबाट साभार गरिएको

प्रतिक्रिया दिनुहोस

<