कुमाख भित्ते पात्रो लोकार्पण संगै श्रष्टा सम्मान तथा नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

सल्यान, २१ चैत ।

नयाँ बर्ष २०७८ सालको शुभ अवसरमा प्रकाशित कुमाख भित्ते पात्रोको लोकार्पण, श्रष्टा सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार सल्यान श्रीनगरमा रहेको होटेल युनाईटेडको सभाहलमा सम्पन्न भएको छ ।

कुमाख दैनिक पत्रिका, विश्व हिन्दुु महासंघ नेपाल जिल्ला शाखा सल्यान र नेपाल ज्योतिष परिषद सल्यान शाखाको संयुुक्त पहलमा प्रकाशित भित्ते पात्रो विषेश रुपमा धार्मिक सांस्कृतिक संयोजन र जिल्लाको चिनारीको रुपमा प्रकाशन गरेको आयोजकले बताए । कुमाख भित्ते पात्रोमा धार्मिक क्षेत्र, पर्यटकीय क्षेत्र, गुुफा, ताल जस्ता जिल्लाका चिनारीको रुपमा रहेका कुुराहरु समेटिएको छ ।

पत्रिकाका प्रकाशक तथा सम्पादक गोविन्द शर्माको सभाध्यक्षता र जिल्ला समन्वय समिति सल्यानका प्रमुुख केश बहादुर विष्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति निम बहादुर ओली, बागचौर नगरपालिकाको थारमारेमा रहेको जनकल्याण मा.वि.का प्रधानाध्यापक डा. पुुर्ण भण्डारी पंकज, शिवजन क्याम्पस शीतलपाटीका प्रमुुख सूूर्यनारायण शर्मा, साहित्य क्षेत्रमा कलम चलाउदै आएका प्रविण भण्डारी लगायतले शुुभकामना मन्तव्य राख्नुभएको थियो ।

पत्रीका लोकार्पणपश्चात शुुभकामना मन्तव्य राख्दै प्रमुुख अतिथि केश बहादुुर विष्टले कुुमाख पत्रीका जिल्लाको एउटा मात्र भएकोले यो जिल्लाकै एउटा सम्पतिको रुपमा हेर्नुपर्ने र गुणस्तर सुधार सहित निरन्तरताका लागि विभिन्न माध्यमबाट सहयोग गर्नुपर्ने बताउनुुभयो ।

कार्यक्रममा कला साहित्य, संस्कृति, शिक्षा लगायतका क्षेत्रमा महत्वपूूर्ण योगदान पु¥याएका व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको छ । धार्मिक क्षेत्रमा योगदान पु¥याएका सल्यान श्रीनगर निवासी रुद्रेश्वर महादेव शिवमन्दिरका अध्यक्ष रामसिंह बुुढाथोकीलाई सम्मान गरिएको छ ।

कुुमाख दैंनिक पत्रिकाको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित अनलाईन कविता प्रतियोगितामा प्रथम तथा दोस्रो स्थान प्राप्त गर्ने क्रमशः सल्यान कला साहित्य परिषद्का अध्यक्ष भरत रोकाय र सचिब तारादेव शर्मालाई पनि सम्मान गरिएको छ । साहित्य क्षेत्र विशेष गरी गजल क्षेत्रमा योगदान  पु¥याएका लोकेस जलनलाई पनि सम्मान गरिएको छ ।

त्यस्तै विशेष कारणवस कार्यक्रममा उपस्थित नभएता पनि सम्मानका लागि घोषणा गरिएका व्यक्तित्वहरु छत्रेश्वरी–१ काल्चेमा रहेको आत्मेश्वर शिव मन्दिरका मठाधिस् सच्चीदानन्द ब्रह्मचारी (चुडामनी न्यौपाने), विभिन्न विद्यालयमा सरस्वतीको मूर्ति हस्तान्तरण गरेर विद्यालय क्षेत्रलाई शान्ति र विद्याको खानी बनाउनुुपर्ने सोच अनुुरुप शिक्षा तथा संस्कृति दुवै क्षेत्रमा योगदान गर्ने सिद्धकुुमाख, ढोरचौर स्थित

निराजन मा.वि.का प्रधानाध्यापक धर्मराज घर्ति मगर, सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका दलित विकास समाज सल्यानका निम बहादुुर नेपाली, सल्यानको शिक्षा र साहित्य क्षेत्रमा योगदान पु¥याएका शिवजन मा.वि. सीतलपाटीका शिक्षक शेरजंग शाह र त्यसै गरी शिक्षा एबं साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका बागचौर नगरपालिका–२ थारमारेमा रहेको जनकल्याण मा.वि.का प्रधानाध्यापक डा. पूूर्ण भण्डारी पंकज, खोजि पत्रकारीतामा कलम चलाउदै आएका सल्यान अनलाईन खवरका सम्पादक दिपक शर्मा लगायतलाई सम्मानका लागि घोषित गरिएको छ ।

कुमाख दैंनिकले जिल्लामा रहेर विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरुलाई विभिन्न अवसरमा सम्मान गर्दै आएको छ ।

कार्यक्रममा ज्योतिष, धार्मिक, कलासाहित्य, योग लगायतका विभिन्न क्षेत्रका व्यक्तित्वहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन रामचन्द्र रेग्मीले गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रमको समापनपश्चात विभिन्न सामाजिक संगठनमा आवद्ध व्यक्तित्वहरुको बैठक बसी धार्मिक, सांस्कृतिक, कला साहित्य जस्ता सवै क्षेत्रमा संगठित रुपले लाग्नुुपर्ने र सामाजिक एकता एबं सद्भावलाई मजबुत बनाउनुुपर्नेमा जोड दिनुुभएको छ ।

प्रतिक्रिया दिनुहोस