सल्यान उद्योग बाणिज्यमा अध्यक्षको लागि राजेन्द्र र कुमारले उमेर उम्मेदवारी दिए

२१ सदस्यीय कार्यसमितिको लागि ४२ जनाको उम्मेदवारी दर्ता


सल्यान १९, फाल्गुन ।

उद्योग बाणिज्य संघ सल्यानको नयाँ नेतृत्वका लागि दुई प्यानल बीच प्रतिस्पर्धा हुने भएको छ । यही फाल्गुन २९ गते हुने निर्वाचनका लागि बुधवार दुवै प्यानलले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन् ।

उद्योग बाणिज्य संघको २१ सदस्यीय कार्यसमितिको लागि ४२ जनाले उम्मेदवारी दर्ता गरेको प्रमुख निर्वाचन अधिकृत वीर बहादुर सेजवालले जानकारी दिए ।

जसअनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड नेपाल पक्षको समर्थनमा प्रगतिशिल प्यानलबाट राजेन्द्र कुमार थापा र नेपाली काँग्रेस, नेकपाको केपि समुह र राप्रपाको समर्थनमा संयुक्त ब्यावसायिक प्यानलबाट कुमार बुढाथोकीले अध्यक्षमा उम्मेदवारी दिएका छन ।

यस्तै वरिष्ठ उपाध्यक्षमा बिरेन्द्र श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा भरत बस्नेत, उद्योग उपाध्यक्षमा प्रेम बहादुर पुन, महा सचिवमा रुपक बुढा, कोषाध्यक्षमा सुरेन्द्र बुढा र सचिवमा सुरेश केसीले नेपाली कांग्रेस, केपि ओलि नेतृत्वको नेकपा र राप्रपाको संयुक्त प्यानलबाट उम्मेदवारी पेश गरेका छन ।

माधव–प्रचन्ड नेतृत्वको नेकपाबाट वरिष्ठ उपाध्यक्षमा हरिलाल डिसी, वाणिज्य उपाध्यक्षमा बिरेन्द्र प्रकाश भन्डारी, उद्योग उपाध्यक्षमा शंकर यरी, महासचिवमा मोहन सारु, कोषाध्यक्षमा अशोक कुमार बोहोरा र सचिवमा बिकास डिसिले उम्मेदवारी दर्ता गरेका छन ।

यसको साथै तीन जना महिला सदस्य, एक जना दलित सदस्य, एक जना जनजाती सदस्य, एक जना अल्पसंख्यक सदस्य, सात जना खुल्ला सदस्य र एक जना वस्तुगत सदस्य पदका लागि पनि दुबै प्यानलले आआफ्नो उम्मेदवारहरु खडा गरेका छन ।

निर्वाचन कार्यतालिका अनुसार फाल्गुन २० गते उम्मेदवारको नामावली उपर दावि विरोध तथा उम्मेदवारी फिर्ताको समय रहेको ।

यस्तै फाल्गुन २१ गते उम्मेदवारको नामावली उपर छानविन, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा नमुना मत पत्र प्रकाशनको तालिका रहेको छ । यस्तै फाल्गुन २९ गते विहान ८ वजे देखी साँझ ४ वजे सम्म मतदानको समय रहेको छ ।

प्रतिक्रिया दिनुहोस