देशले संघीयता धान्दैन, संविधान संसोधन गर्नेबेला आइसकेको छ 


नेपाल एउटा सानो देश हो । नागरिकहरु उद्योगधन्दा र रोजगारी श्रृजनाको अपेक्षा गरिरहेका छन् । तर राजनीति गर्नेहरुले सत्ता टिकाउनका लागि ठूूलो संसदीय व्यवस्था र धेरै प्रदेशस्तरीय राजनैतिक संरचनाहरु बनाउने प्रयत्न गरिरहेका छन् । आफ्ना कार्यकर्ता र राजनीतिलाई प्रमुुख पेशा बनाउनेहरुलाई ठाउँ दिन मात्रै यसप्रकारको व्यवस्था ल्याएको ठहर जनताले गर्न थालेका छन् । अहिले नै यो व्यवस्था निकै खर्चिलो बनेको सवैले महसुुस् गरेका छन् ।

प्रदेश सरकारको काम नभएको भन्दै देशका विभिन्न ठाउहरुमा नेताहरु नै बोल्न थालेका छन् । जितेर संसद् भएकाहरु नै नेपालमा यति धेरै संसद्हरु आवश्यक नभएको प्रतिक्रिया दिएका छन् । नेपालमा भएको मन्त्रिमण्डल पनि ठूूलो भएको भनेर संसद्हरु नै भनिरहेका छन् । समावेशीका नाममा कसैलाई मन्त्री वा संसद् बनाउदैमा सिंगो समुदायको जीवनस्तर नसुध्रिने कुरा पनि धेरैले महसुुस् गरेका छन् । बरु राजधानीबाट हुुने प्रशासनिक कामहरु गर्नको लागि क्षेत्रीयस्तरका कार्यालयहरु मात्रै भए पुुग्छ, तर प्रदेश सरकारका नाममा अरबौं रुपँया खर्च गर्ने गरी राजनैतिक संरचनाहरु आवश्यक नभएको प्रतिक्रिया नागरिकस्तरबाट आईरहेको छ ।

पछिल्लो समय मानिसहरु नेपालको भौगोेलिक अवस्था र राजनैतिक अवस्थाको विश्लेषण गर्दै यो देशमा पाँच–पाँच वर्षमा राष्ट्रपति चुुन्ने व्यवस्था पनि खर्चिलो बन्ने भन्दै पटक–पटक बदल्नुनपर्ने गरी आलंकारिक राजा नै ठिक हो कि भनेर आ–आफ्ना तर्कहरु दिईरहेको देख्न सकिन्छ । लामो समय युुद्ध लडेको पार्टी समेत सत्ता र कुुर्सि मोहमा लिप्त भएको देख्दा वास्तवमा आन्दोलन गर्नेहरुले पनि देश र आम जनताका लागि नभै आफू, आफन्तजन र आफ्नै कार्यकर्ताका लागि रहेछ भन्ने कुुरा जनताले महसुुस् गरिरहेका छन् ।

अहिले कुुनै पनि पशल या चोकमा होस्, राजनैतिक छलफल र तर्क चलिरहेको देख्न सकिन्छ । अँझ नेपाल हिन्दुुराष्ट्रकै रुपमा रहनुुपर्ने आवाज पनि बलियो बन्दै गएको छ । बाह्य धर्मले जरा गाड्दै गएमा भोलि धार्मिक लडाई र द्वन्द्व चर्किने आशंका जनस्तरबाट हुदै गएको छ । बेलैमा आफै सजग नहुुने हो भने जातिय र धार्मिक युुद्धले मुलुुक लामो समय द्वन्द्वमा फस्ने आँकलन गर्दै धर्म परिवर्तनलाई निस्तेज गर्नुुपर्ने आवाज बलियो बन्दै गएको छ ।

यसर्थ राजनैतिक स्थायीत्व नहुदा मुलुकमा बाह्य देश र शक्तिहरुको समेत चलखेल बढ्ने र मुुलुक झनै कमजोर हुने आँकलनका साथ देशप्रति माया हुनेहरुले आ–आफ्ना विचार र तर्कहरु दिने क्रम बढ्दो छ । मुलुकलाई द्वन्द्व र अस्थिरताबाट जोगाउन मुलुकले धान्य किसिमको व्यवस्था बनाउनुुपर्ने आवाज बलियो बनेको छ । नेपालजस्तो सानो देशमा संघीयता, विभिन्न प्रदेश र ठूूलो आकारको संसदीय व्यवस्था उपयुक्त नहुने धारण पछिल्लो समय नागरिकस्तरमा व्यापकरुपमा पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

<