राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन


काठमाडौं, १९ पुस ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी अमर्यादित नारा लगाउनेहरुलाई कारवाही गर्न आफूले निर्देशन दिएको बताएका छन् ।

उनले ति ब्यक्तिको पहिचान भइसकेको बताउँदै मन्त्रालयले कारवाहीको प्रकृया अघि बढाइसकेको जानकारी दिएका छन् । ज्ञापनपत्र बुझाउन गृहमन्त्रालय पुगेको अखिल नेपाल महिलासंघको समुहसँग गृहमन्त्री थापाले यस्तो बताएका हुन् ।

ज्ञापनपत्र बुझ्दै थापाले सडकमा राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध अभिब्यक्त भएका कुराहरु कानूनी दृष्टिकोणले अपराधिक क्रियाकलाप भएको बताए ।

सामाजिक सञ्जालमा पनि त्यस्ता अमर्यादित विषयहरु उठेको बारेमा गृहमन्त्रालय जानकार रहेको भन्दै उनले कारवाही लागि प्रकृया अघि बढाइएको जानकारी दिए । ‘

राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिएर आन्दोलनका क्रममा लगाइएको अमर्यादित नारा र दिइएको अभिब्यक्तिलाई लिएर अखिल नेपाल महिलासंघ कारवाहीको प्रकृयामा लागेको छ ।

आइतवार अनेमसंघले राष्ट्रपति भण्डारीको बारेमा अमर्यादित अभिब्यक्ति दिनेहरुलाई कारवाहीको माग गर्दै गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र समेत बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस

<