बुधबार थप ११ सय २० जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु


काठमाडौँ, १७ भदौ ।
नेपालमा थप १ हजार १ सय २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

वुधबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बुधबार देशभर ३ सय २० महिला र ८ सय पुरुष गरी थप १ हजार १ सय २० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै संक्रमितको संख्या ४१ हजार ६ सय ४९ जना पुगेको छ । त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १ हजार १ सय १२ जनाले कोरोना जितेका छन् ।

योसहित निको हुनेको संख्या २२ हजार २ सय ९० जना पुगेको छ । त्यस्तै, मन्त्रालयका अनुसार बुधबार थप १२ जनाको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या २ सय ५१ जना पुगेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर १८ हजार १ सय ९ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

<