प्रतिबन्धित विप्लव समूहका भेरी कर्णाली व्यूरो सदस्य सहित दुई सल्यानबाट पक्राउ


सल्यान, १७ भदौ ।
जिल्ला प्रहरी कार्यालय सल्यानले प्रतिबन्धित ने.क.पा. (विप्लव) समूहका भेरी कर्णाली व्युरो सदस्य सहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्लाको कालिमाटी गाउँपालिका ६ जलजलाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भेरी कर्णाली व्यूूरो सदस्य सुर्खेत चिङगाड गाउँपालिका २ का ५० वर्षीय महेश भन्ने आइते वि.क र सुर्खेत गुर्भाकोट नगरपालिका २ का ४२ वर्षीय तिलक बहादुर वलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

स्थानीय व्यापारी र जनप्रतिनिधिहरुसँग चन्दा मागीरहेको भन्ने गोप्य सूचनाका आधार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता उमाकान्त जोशीले बताए ।

निजहरुसँग सोधपुछ गर्ने क्रममा प्रहरी माथि नै अभद्र व्यवहार गरेकाले उनीहरुलाई नियन्त्रयण लिई कानुन बमोजिम थप अनुसन्धान भइरहेको जोशीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

<