वडा अध्यक्षले कार्यालयमै अनैतिक कार्यगरेको भन्दै वडा कार्यालय तालाबन्दी

सल्यान, १८ असार ।
सल्यानको त्रिबेणी गाउँपालिका वडा नम्बर ४ को वडा कार्यलयमा स्थानीयले तादाबन्दी गरेका छन । स्थानीयले बिहिबार तालाबन्दी गरेका हुन ।

बुधबार राति वडाध्यक्ष मध्यरातमा वडा कार्यालयमै एक महिला सहित फेला परेपछि स्थानीयले वडा कार्यालय तालाबन्दी गर्नुका साथै बिद्यालयमा समेत तालाबन्दी गरेको ४ नम्बर वडा सदस्य सिता बिष्टले बताइन । उनका अनुसार वडाध्यक्ष छविलाल शर्मालाई स्थानीय एक महिलासंग अनैतिक कार्य गरेको अबस्थामा स्थानीयहरुले फेला पारेका थिए

बुधबार राती महिलासँग वडा कार्यालयमै अनैतिक कार्य गरिरहेको अवस्थामा स्थानीयहरुले फेला पारेपछि ईलाका प्रहरी कार्यलय लुहामको जिम्मा लगाइदिएको उनको भनाइ छ । तर प्रहरीले बिहान वडा अध्यक्षलाई छोडिदिएको, महिला सम्पर्क बिहिन भएकोल घटनाको छानबिन हुनुपर्ने र महिलाको खोजबिन गर्नुपर्ने भन्दै वडा कार्यालय तथा बिद्यालयमा समेत तालाबन्दी गरिएका बिष्टले बताइन ।

अबेर रातीसम्म वडाध्यक्ष कार्यालयमा महिलासँग बसिरहेको सुचना पाएपछि स्थानीयहरुले कार्यालय घेराउ गरेका थिए । स्थानीयले कार्यालय घेराउ गरेपछि वडाध्यक्षले भित्रबाट ताला लगाएर बसेको पाइएको उनको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमख ढकेन्द्र खतिवडाले भने वडा अध्यक्ष शर्माले रातको समयमा इलाका प्रहरी कार्यालय लुहाममा फोन गरेर वडा कार्यालयमा ढुंगा हान्ने काम भइ रहेकाले सुरक्षाका लागी प्रहरी पठाइ दिन कार्यालयमा फोन गरेको जानकारीमा आएको बताए । कामको शिलशिलामा वडा कार्यालयमा बस्ने गरेको बताउँदै वडा अध्यक्षले सुरक्षाको माग गरेपछि लुहामबाट प्रहरी टोली घटनास्थलमा गएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस