सुर्खेतको सिम्ता गाउँपालिका तत्काललाई कोरोना मुक्त

सल्यान, १८ असार ।
सुर्खेतको सिम्तागाउपालिका तत्काललाई कोरोना मुक्त भएको छ । कोरोना संक्रमित भएका ५ जनालाई सन्चो भएर घर फर्किए पछि अब सिम्तागाउपालिका तत्काल कोरोना मुक्त भएको अध्यक्ष कविन्द्र कुमार केसिले बताउनु भएको छ ।

बागेश्वरी मावि राकमको आइसोलेशनमा रहेका ३ जना कोरोना लाई जितेर घर फर्केका छन । यस अघि २ जना पनि कोरोना जितेर घर फर्किएका थिए ।

सिम्तामा विध्यालयहरुमा रहेका ४८ वटा क्वारेन्टाइनमा भारत लगाएत अन्य मुलुक बाट आएका २ हजार ७ सय ३९ जना व्यक्ति नियम अनुसार १४ दिन क्वारेन्टाइन मा बसि उनिहरूको च्म्त् परिक्षण गरि संकास्पत देखिएका ५ सय ५१ जनाको एऋच् परिक्षण गरिएको थियो जस मध्ये ५ जना मात्र कोरोना पुष्टि भएका थिए उनिहरू पनि सन्चो भएर घर फर्केका छन । हाल क्वारेन्टाइनमा ६१ जनामात्र बसिरहेका छन ।

केही दिन अघि सिम्ता–८ डाँडाखालि निबासी २५ वर्षेकि महिला जंगलमा झुन्डिएको अबस्थामा मृत फेला पर्नु भएको थियो । उहाँको स्वाव परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो तर उहाँका परिवार लगाएत वरपरका अन्य संकासमत देखिकाहरूको एऋच् गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । अब सिम्तामा कोरानाको जोखिम कम भएको र सबैलाई सुरक्षित हुन गाउँपालिकाले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

<