दाङमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३० जना घाइते


दाङ, २० चैत ।

दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङ प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार मृत्यु हुनेमा दाङ लमही नगरपालिका वडा नम्बर ९ का २९ वर्षीय अतिराम चौधरी र रुपन्देहीको सैनामैना नगरपालिका वडा नमबर १ का २८ वर्षीय यादव खनाल रहेका छन् ।

यस्तै घाइते मध्ये २ जनाको अवस्था गम्भीर र ६ जनाको मध्यम रहेको उहाँले बताउनुभयो ।

घाइतेहरुको लमही स्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घोराहीबाट लमही तिर जाँदै गरेको लु १ ख ९८६३ नम्बरको बस मसोट खोलाको ओरालोमा शुक्रबार साँझ साढे ५ बजेतिर दुर्घटनामा परेको थियो ।

बस ब्रेक फेल भएर दुर्घटनामा परेको दुर्घटनामा परेका यात्रुलाई उदृत गर्दै रिजालले बताउनुभयो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस