माहामारीले सवैलाई एक ठाउँमा ल्याईदियो

 

अहिले विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेको छ । दिन प्रतिदिन निरोगी मानिसहरुमा पनि संक्रमण बढीरहेको छ । विश्वका शक्तिराष्टहरुमा समेत यतिवेला हाहाकार मच्चिएको छ । अमेरिका, चीन, इटली, स्पेन, बेलायत, फ्रान्स, जर्मनी, जापान, भारत लगाएत विश्वका २०३ वटा देशमा यस महामारीको संक्रमण फैलिसकेको छ । चिनले मात्रै केही नियन्त्रण गर्न सफल देखिएको छ ता पनि अमेरिका जस्तो देशले समेत यसलाई नियन्त्रण गर्न सकिरहेको छैन ।

विश्वका कैयौं देशमा लकडाउन गरिएको छ । विश्व अर्थतन्त्र कमजोर बन्दैछ । महामारी विरुद्ध सिंगो मानब जाती आज एक ठाउँमा उभिएको छ ता पनि रोग नियन्त्रणमा आउन सकिरहेको छैन । सम्पन्न शाली देशहरुले पैंसा भन्दा स्वास्थ्य नै ठूलो रहेछ भन्ने सन्देश दिएका छन् । इटली जस्तो देशमा पैंसाको के काम भनेर सडकमा मिल्काएका दृष्यहरु सामाजिक सञ्जालमा यत्रतत्र देखिन्छन् । किनकी प्रशस्त पैंसा भएर पनि आज हजारौं मानिसहरुले उपचार पाउन सकिरहेका छैनन् ।

६० जना भन्दा बढी डाक्टरहरुको उपचार गर्नेक्रममा संक्रमण फैलिएर मृत्यु भैसकेको छ । कैयौं देशमा राजा मन्त्री र राष्ट्रपतिहरु समेत महामारी नियन्त्रणमा आउन नसकेको भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । आज विश्वभर मानव जाति कोरोना भाईरसको विरुद्धमा उत्रिएको छ । साबुन पानीले हात धुनेदेखि चस्मा, मास्क, गाउन, पञ्जा जस्ता वस्तुहरुको प्रयोगलाई विश्वभर बढाईएको छ । उद्योग, कलकारखाना, व्यबसाय, शिक्षण संस्था, यातायात, हवाई यातायात सवै ठप्प भएको अवस्था छ ।

यति गर्दा पनि कोरोना भाइरस विरुद्धको लडाई सफल भइसकेको छैन । अहिले करीब ५० हजार मानिसको मृत्य भैसकेको छ भने र करीब १० लाख मानिसहरुमा रोगले भेटाएको छ । कतै अँझ धेरै क्षति पुर्याउछ कि भनेर संसारभर मानिसहरु सतर्क छन् । करोडौं मानिसहरु घरभित्रै छन् । भिडभाडबाट बढी सर्ने डरले केवल परिवार मात्रै बस्नुपर्ने अवस्थामा अहिले लाखौं परिवार छन् । आफ्नै सन्तानलाई पनि रोगले भेटाएको अवस्थामा पर परै बस्न भनिएको छ । कमाउन भनेर परदेशिएका नागरिकहरुलाई जहाँ छौ, त्यहि नै सुरक्षित होऔ भन्ने अवस्था श्रृजना भएको छ ।

यसरी आज मानब जातिकै अस्तित्वमा कतै असर पार्छ कि भनेर संसारभरका मानवहरु शतर्क अवस्थामा छन् । यूरोपमा मरेका मानिसहरुको बारेमा एशियाका मानिसले चासो र अभिलेख राखेका छन् । अमेरिकामा मरेका मानिसको अफ्रिकामा बस्ने मानिसहरुले अभिलेख राखेका छन् । यसरी आज थोरै भएपनि मानवता बढेको छ, मानवीय भावना बढेको छ । सवै देशमा स्वास्थ्य अवस्था सुधार गर्नुपर्ने चासो बढेको छ । यदि महामारी आईलाग्यो भने गरिबहरुलाई मात्रै होइन, सम्पन्न र शक्तिशालि देशका नागरिकहरुलाई पनि यसले समस्यामा पार्ने कुराको महशुस सवैतिर भएको छ ।

प्रतिक्रिया दिनुहोस

<