दार्मा गाउँपालिकामा कोभिड १९ सम्बन्धमा कामको समीक्षा र तथ्यांक अपडेट

चैत्र २०, सल्यान ।

दार्मा गाउँकार्यपालिकाले कोभिड १९ सम्बन्धमा हालसम्म गरेका कामको समीक्षा गर्दै तथ्यांकको पनि अपडेट गरेको छ ।
पालिकास्तरिय कोरोना भाइरस रोग(कोभिड १९) पूर्वतयारी तथा प्रतिकार्य समन्वय समिति (PRCC) को बैठकले प्रत्येक वडामा अधिकतम २५ घरधुरी बराबर टोल स्तरमा एक जना संयोजक सहित ५-९ सदस्य रहने गरी “खोजी तथा निगरानी समुह (RMT) गठन गरिनेछ ।
उनिहरूको प्रत्येक हप्ता नियमित बैठक बसेर समीक्षा एबं आगामी हप्ताको कार्ययोजना बनाउने तथा हरेक दिनको ११ बजे त्यो समहूले वडामा र १२ बजे वडाबाट पालिकामा अनि २ बजेभित्र पालिकाले सिडियो कार्यालयमा रिपोर्टिङ गर्ने निर्णय भएको छ।
त्यस्तै कोरोना रोकथामका लागि कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष पनि निर्माण गरीएको अध्यक्ष निम बहादुर केसीले जानकारी दिएका छन । त्यसमा गाउँपालिकाको ८० लाख, जनप्रतिनिधिले न्यूनतम २ हजार ५ सय देखि २० हजार सम्म रकम प्रदान गर्नेछन । त्यस्तै कर्मचारीले ५ दिन बराबरको तलब जम्मा गर्नेछन भने अरु संघ संस्था एबं महानुभावहरु लाई स्वेच्छिक सहयोगका लागि अपील गरिनेछ । त्यस्तै गाउँपालिका बाट राहत उपलब्ध गराउनका लागि विभिन्न मापदन्ड सहित लगत संकलन गरिनेछ ।
मापदन्डहरू यस्ता रहेका छन जागिर, पेशा,व्यवसाय,खेतबारी लगायत आम्दानीको कुनै स्रोत नभएका दिनभरको काम गरेर मात्र साँझ बिहानको छाक टार्ने परिवारलाइ त्यस्तो राहत उपलब्ध गराइनेछ । त्यस्तै विपन्न एकल महिला, विपन्न अपाङ्ग, विपन्न दीर्घ रोगी, विपन्न जेष्ठ नागरिकलाइ पनि त्यस्तो राहत उपलब्ध हुनेछ ।
बैठकले पालिका र वडास्तरका क्वारेन्टाइन निर्माण र सञ्चालनको लागि भौतिक तथा प्राविधिक तयारी गर्ने र ८ वटा स्वास्थ्य संस्था र एम्बुलेन्सलाई PPE सहितका सामग्री आइसकेकोले वितरण गर्ने निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस

प्रतिक्रिया दिनुहोस

<