कुमाख गाउँपालिकाको ९ औ गाउँसभा तथा हिउँदे अधिबेशन सम्पन्न

सल्यान, १८ फागुन ।

सल्यानको कुमाख गाउँपालिकाले ९ औ गाउँसभा तथा हिउँदे अधिबेसन सम्पन्न गरेको छ ।

सोमबार सम्पन्न गाउँसभामा बोल्दै कुमाख गाउँपालिकाकी अध्यक्ष दिलमाया बुढामगरले गाउँपालिकाका जन प्रतिनिधि, कर्मचारीलाई आ–आफ्नो कार्यक्षेत्रमा इमानदारीताका साथ खटेर काम गर्न निर्देशन दिएकी छन् ।

संघीयताको मर्म अनुसार जनताको हक अधिकारलाई स्थानीय तहमै सुनिश्चित गर्नको लागि आफुहरु लागि परेको बताउँदै अध्यक्ष बुढामगरले दृर्घकालिन बिकास निर्माणमा आफुहरु अगाडि बढिरहेको बताएकी छिन् ।

उनले कुमाख गाउँपालिका कृषि, पर्यटन क्षेत्रको मेरुदण्ड भएकाले यसलाई अगाडि बढाउन सबैको आवश्यकता रहेको बताएकी हुन ।
गत असारमा वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरेको कुमाख गाउँपालिकाले गाउँ सभा तथा हिउदे अधिबेशन बाट केही योजनाहरू संशोधन गरेको छ ।विभिन्न शिर्षकबाट रकमान्तर गरी केही अत्यावश्यक तथा छुट हुन गएका योजनाहरूमा बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष दिलमाया बुढामगरले बताएकी हुन ।

गाउँ सभाका सदस्यहरूले गाउँपालिका अध्यक्ष दिलमाया बुढामगर बाट प्रस्तावित प्रस्तावहरू सर्वसहमतिले अनुमोदन गर्दै विगत ८ महिनाको प्रगति विवरणमा समीक्षा तथा विभिन्न जिज्ञासाहरू राखेका थिय ।

गाउँ सभामा बोल्ने बक्ताहरुले स्थानीय सरकारको जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्नुपर्नेमा जोड दिएका थिय । कार्यक्रममा कुमाख गाउँपालिकाका उपाध्यक्ष डिल्ली राज जैसी, प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्ती,वडा अध्यक्ष, कार्यपालिका सदस्य लगाएत सरोकारवाला ब्यक्तिहरुको पनि सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

<