कर्मचारी व्यवस्थापनमा ढिलाई नगर्ने कि ?

कोभिड–१९ को महामारी अब कमजोर भैसकेको छ । मान्छे विरामी पर्ने र मृत्युु हुने दरमा निकै कमी आईसकेको छ ।

राज्यले महामारीले चर्को रुप लिएको बखत व्यवस्थापन गरेका कर्मचारी अब पुनः आ–आफ्नै स्थानतर्फ फर्काउनुुपर्ने भएको छ । पुनः महामारी वा कुुनै विपद आइलाग्यो भने वा बृद्धि हुुन थाल्यो भने त्यतिवेला विभिन्न केन्द्रहरुमा खटाउनुपर्ने हुन सक्छ, तर अहिले विभिन्न कोभिड अस्पतालमा पठाईएका चिकित्सकहरु कामबिहीन बन्न थालेका छन् ।

यस्तो अवस्थामा नयाँ चिकित्सकहरुको विज्ञापन खोल्ने नभै जुन क्षेत्रमा बढी छन् या जुन क्षेत्रमा कामबिहीन छन्, त्यस क्षेत्रका चिकित्सकलाई नपुुग भएको क्षेत्रमा लैजानुुपर्दछ ।

नेपाल सरकारले निर्धारण गरेको मासिक तलब खाने अस्पतालका कर्मचारी अहिले हाजिर गरेर दिन बिताउने गरेका छन् । यसरी नै विभिन्न जिल्लामा चिकित्सकहरु कामबिहीन बन्न थालेको अवस्था छ ।

उदाहरणको रुपमा लिनुुपर्दा विराटनगर १० मा रहेको कोभिड–१९ अस्पताल बिरामी नहुँदा सुनसान बनेको छ ।

प्रदेश १ मा कोरोनाको बिरामी दिनादिनै बढ्न थालेपछि प्रदेश सरकारले सञ्चालन गरेको अस्पतालमा अहिले बिरामी छैनन् । ठूलो लगानीमा सञ्चालन भएको अस्पताल सञ्चालन गर्न प्रदेश सरकारले ४१ जना विभिन्न तहका कर्मचारी नियुक्त गरेको थियो । गएको चैत्र २१ गतेदेखि सञ्चालनमा आएको सो अस्पतालमा वैशाख ५ गतेदेखि बिरामी भर्ना भएका थिए ।

नेशनल टे«डिङको भवनमा प्रदेश सरकारले सुरुमा ८० बेडको कोभिड–१९ अस्पताल सञ्चालन गरेको थियो । आईसीयू ८ बेड, एचडी २२ बेड र रिकोभरी १२ बेड सहितको सो अस्पताल एक महिनादेखि बिरामी नभएर सुनसान भएको हो ।

कोभिड महामारीको बेला दैनिक ४० देखि ६० जना कोरोना पोजेटिभ बिरामी आउने गरेको सो अस्पतालमा हाल कुनै बिरामी नभएको अस्पतालकै कर्मचारीले बताउने गरेका छन् ।

जानकारी अनुुसार बिरामी नआउँदा पनि कर्मचारी दैनिक आफ्नौ डिउटीको बेला अस्पतालमा रहेने गरेका छन् । सो अस्पतालमा चिकित्सकतर्फ मेडिकल अफिसर ८, स्टाप नर्स ८, एचए ८, स्वीपर ३, इलेक्ट्रिकल र पल्मबर ४, वायोमिकल इन्जिनियर १, कार्यालय सहयोगी ९ सहित १ सुरक्षा गार्ड रहेका छन् । उनीहरुले प्रदेश सरकारबाट नियमित तलब खाईरहेका छन् ।

उक्त अस्पताल खाली भएका कारण भएका विरामीहरु पनि बस्न मन गर्दैनन् । उता सरकारले निर्देशन नदिएसम्म कर्मचारीहरु नियमित हाँजिर हुुनुुपर्ने अवस्था छ । उता भारतमा कोरोना संक्रमितहरु अँझै पनि बढिरहेको आधारमा अस्पताल खाली गर्न नहुुने भन्नेहरु पनि छन्, तर नेपालमा भने कोरोनाको प्रभाव कमजोर भैसकेको छ ।

प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजीक्षेत्रको सहयोगमा करिब आठ करोड रुपैयाँको लागतमा अस्पताल सञ्चालनमा आएको हो । अस्पताल निर्माणका लागि प्रदेश सरकारले एक करोड, महानगरपालिकाले २५ लाख र निजी क्षेत्र तथा बैंकलगायत विभिन्न संघसंस्थाले ६ करोड ७५ लाख सहयोग गरेका थिए ।

सय बेडको भेन्टिलेर अस्पतालमा निर्माण कार्य सुरु गर्नका लागि स्विस सरकारबाट चार करोड रुपैयाँ सहयोग उपलब्ध गराएको थियो । बरु अस्पताललाई अन्य रोगहरुको लागि उपचार गर्ने गरी व्यवस्थापन गर्न सकिन्छ, सरकारले अब त्यतातिर ध्यान दिन जरुरी छ ।

कोभिड महामारीका कारण उक्त अस्पतालबाट ३ सयजना महिलासहित ८ सय २९ जना उपचार्थ भर्ना भएका थिए भने ३७ पुरुषसहित ५६ जनाको मृत्यु भएको थियो ।

तर अहिले सूून्य अवस्थामा आईसकेकोले यात अन्य स्वास्थ्य समस्याको उपचार गर्ने गरी व्यवस्थापन गर्नुुपर्छ या भएको जनशक्ति र उपकरण अन्यत्र स्थानान्तरण गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

<