१२ जनाले ईच्छा देखाएका थिए प्रधानमन्त्रीलाई मिर्गौला दिन, मिर्गौला दिने समिक्षा टिचिङ पुगिन

काठमाडौं, १९ फाल्गुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्न तयार समीक्षा संग्रौला ज्ञवाली महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुगेकी छन्। उनी सोमबार दिउँसो साढे ३ बजे त्रिवि शिक्षण अस्पताल पुगेकी हुन् ।

प्रधानमन्त्री ओलीलाई १३ वर्षअघि मिर्गौला दान गरेकी भाइबुहारी अञ्जना घिमिरेकी भाञ्जी नै नाता भएकी ३२ वर्षीया उनको पनि सबै स्वास्थ्य जाँच भइसकेको छ । सबै स्वास्थ्य जाँच भइसकेपछि उनको मिर्गौला झिक्न चिकित्सकहरुले शल्यक्रियाका लागि आजै भर्ना गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओली पनि मिर्गौला प्रत्यारोपणका लागि आजै शिक्षण अस्पतालमा भर्ना हुँदैछन्। शिक्षण अस्पतालमा भर्ना भएपछि उनले देशबासीका नाममा भिडियो सन्देश दिने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। प्रधानमन्त्री ओलीलाई १२ जना भन्दा बढीले मिर्गौला दिने इच्छा देखाएका थिए।

नेपालमा प्रत्यारोपण गर्दा समीक्षालाई तयार गरिएको थियो भने अमेरिकामा भाञ्जा नाता पर्ने युवकलाई मिर्गौला दानका लागि तयार गरिएको थियो । तर ओलीले नेपालकै अस्पतालमा प्रत्यारोपण गर्ने जनाएपछि समीक्षाको मिर्गौला लिन लागिएको हो।

२०६४ सालमा भारतको अपलो अस्पतालमा ओलीलाई भाइबुहारी अञ्जना घिमिरेले मिर्गौला दिएकी थिइन्। दिल्लीमा प्रत्यारोपण गरिएको मिर्गौलाले गत काम गर्न छाडेपछि ओलीले सातामा एक पटक डायलाइसिस गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

<