पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन

फागुन १८ गते,

पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको अहिले ९स्५० बजे निधन भएको छ ।

१६ दिनदेखि भेन्टिलेटरमा राखेर ८३ वर्षीय अधिकारीको विगत तीन सातादेखि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो ।

अस्पतालले शनिबार दिउँसो साढे ४ बजे पत्रकार सम्मेलन गरेर अधिकारीको सबै अंगले काम गर्न छोडेको जानकारी गराएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता समेत रहेका अधिकारी निमोनिया, श्वासप्रश्वास, मुटु लगायतका रोगबाट ग्रसित अधिकारी विगत २ महिनादेखि अस्पतालमा भर्ना भएका थिए । सुरुमा उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

मेडिसिटीमा एकमहिना प्रयास गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि गत माघ २४ गते अधिकारीलाई ह्याम्स अस्पतालमा रिफर गरिएको थियो ।

नेपालमा कम्युनिष्ट पार्टीको पहिलो निर्वाचित सरकार २०५१ मा अधिकारी अर्थमन्त्री बनेका थिए। मनमोहन अधिकारीको ९ महिने शासनकालमा उनले दुई पटक बजेट ल्याए। २०५१ पुस ११ पहिलो बजेट ल्याउँदै ‘आफ्नो गाउँ आफैं बनाऔँ’ भन्ने कार्यक्रम ल्याए।

२०५२ असार असार २७ गते अर्को बजेट ल्याए। उक्त बजेटमा जेष्ठ नागरिकलाई भत्ता कार्यक्रम ल्याए। स्थानीय निकायलाई सोझै अनुदानको व्यवस्था उनको पालामा भएको हो। २०५६ ,२०६१ मा पनि अधिकारी अर्थमन्त्री भए। २०६७ सालमा उनी उपप्रधान तथा अर्थमन्त्री बने। भौतिक पूर्वाधार तथा यातायातमन्त्री २०५३ मा पनि भए।

प्रतिक्रिया दिनुहोस

<