स्थानीय सञ्चारमाध्यमहरुलाई नै प्राथमिकता दिनुपर्छ, अध्यक्ष आचार्य

सल्यान, फाल्गुन १८ ।
नेपाल पत्रकार महासंघ नेपालका केन्दिय ्रअध्यक्ष गोविन्द आचार्यले नेपालको संविधानले नै प्रेस स्वतन्त्रता सम्बन्धि केहि वढि अधिकार दिएकोले कुनै कुरा अभिव्यक्त गरेकै आधारमा पत्रकार पक्राउ गर्ने वा अनावश्यक कारबाहीको भागीदार हुनुनपर्ने व्यवस्था रहेको बताएका छन् । उनले पत्रकार छाडा हुन नहुने, राष्ट्र र समाजको अहित हुने काम गर्न नहुने, तथ्यहीन कुराहरु लेख्न नहुने जस्ता कुराहरु बताएका छन् । शनिवार सल्यानको खलंगामा सम्पन्न भएको, पत्रकार आचारसंहिता जागरण कार्यक्रमको प्रमुख अतिथि समेत रहेका आचार्यले पत्रकारको आचारसंहिता, पत्रकारले गरेको कामको बारेमा अनुगमन, मुल्यांकन, पत्रपत्रिका वर्गिकरण, सेवा सुविधा निर्धारण, पत्रकारको क्षमता विकास लगायतको जिम्मेवारी प्रेस काउन्सिलको रहेको र प्रेस काउन्सिलले गरेको निर्णय नै आधिकारीक हुने जानकारी दिए । पत्रकार महासंघको अध्यक्ष प्रेस काउन्सिलको सदस्य रहने भएकोले आफुले प्रेस काउन्सिलतिरको पनि जिम्मेवारी बहन गरेको जानकारी दिए । अब मुलुक संघीय संरचनामा गईसकेपछि स्थानीय सरकार र प्रादेशिक सरकारहरु पनि शक्तिशाली हुने र नजिकबाट जनताको सेवा गरिरहेकोले अब सूचनाहरु प्रवाह गर्दा स्थानीय सरकारहरुले स्थानीय सञ्चारमाध्यमहरुलाई नै प्राथमिकता दिनुपर्ने बताए । उनले भने, अब राष्ट्रिय अन्तराष्ट्रिय सञ्चारमाध्यमलाई दिनुपर्ने भनेर तोकिएका बाहेक अन्य सवै प्रकारका सूचनाहरु स्थानीय सञ्चारमाध्यमलाई नै दिदा हुन्छ । उनले स्थानीय सरकारहरुले स्थानीय सञ्चारमाध्यमलाई नै संरक्षण र प्रबद्र्धन गर्नुपर्ने बताएका छन् । तेस्तै कार्यक्रमका बिशिष्ठ शारदा पालिकाका नगरप्रमुख सुरेश अधिकारीले कहिलेकाँही पुष्टि नहुने समाचार पनि आउने गरेकोमा यसतर्फ अलि बढि ध्यान दिनुपर्ने बताए । त्यस्तै पत्रकारले स्वतन्त्र र निष्पक्ष ढंगले कलम चलाउनुपर्ने उनले बताए । जिल्ला समन्वय समितिका उपप्रमुख हरिप्रकाश बुढाथोकीले पत्रकारले २ वटा कुरामा विशेष ध्यान दिनुपर्ने बताए । उनले एउटा कुरा सूचनामूलक र अर्कोकुरा खोजि पत्रकारीता गर्नुपर्ने सुझाव दिए । तेस्तै सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले समाचार लेख्दा सत्यतथ्यमा आधारित भएर लेख्नुपर्ने र सल्यानको सन्दर्भमा खासै समस्या नदेखिएको बताए । जिल्ला प्रहरी प्रमुख विरेन्द्र बहादुर शाहीले सल्यानमा पत्रकार आचार संहिताको अवस्था अन्यत्रको तुलनामा राम्रो रहेको बताए, बरु कहिलेकाँही घटना र समाचारहरुमा केहि फरक पर्ने वा नपछ्याउने देखिएकोले पत्रकारले घटनाको बारेमा पछ्याउनुपर्ने र अद्यावधिक रहनुपर्ने बताए । जिल्ला हुलाक अधिकृत धिरेन्द्र भण्डारीले जिल्ला हुलाक कार्यालयलाई पनि केहि जिम्मेवारी भएकोले दर्ता, नविकरण लगायतका काम समयमै गर्न सुझाव दिएका थिए । कार्यक्रमको समापन गर्दै पत्रकार महासंघ सल्यान शाखाका अध्यक्ष प्रतिक ईच्छुक शर्माले पत्रकार आचारसंहितालाई सवैले ध्यानमा राखी पत्रकारहरुले सोहि बमोजिम काम गर्न अनुरोध गरेका थिए । प्रेस काउन्सिल नेपालको आयोजना र पत्रकार महासंघ सल्यान शाखाको संयोजनमा भएको कार्यक्रमको संचालन पत्रकार महासंघ सल्यान शाखाका सचिव सिव डांगि गरेका थिए । कार्यक्रममा शसस्त्र प्रहरी बल, जिल्ला निर्वाचन कार्यालयहरुबाट समेत प्रतिनिधित्व रहेको थियो भने जिल्लामा क्रियाशिल विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । जिल्लामा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका कठिनाईका बारेमा आ आफ्नो तर्फबाट भनाई समेत राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस

<