समस्याहरु अझै पनि छन्, तर तीन वर्षको अवधिमा धेरै काम गरेका छौं,

सल्यान, १८ पौष ।

                                                                                                      दान बहादुुर खत्री

 

मुलुक संघीय संरचनामा गएपछि स्थानीय सरकारको महत्वपूूर्ण जिम्मेवारी आएको छ । अहिले जनताको सवैभन्दा नजिकको सरकारको रुपमा स्थानीय सरकार नै छ । हुुनत स्थानीय सरकारको आफ्नै साधन श्रोत खासै छैन र पनि राज्यले दिएको बजेट र अधिकार स्थानीय सरकारले कार्यान्वयन गर्ने अवसर पाएका छन् । संविधान सभापछि बनेको नयाँ संविधान र सोहि संविधान अन्तर्गत नवनिर्वाचित स्थानीय सरकारले पनि तीन वर्ष भन्दा बढी समय विताईसकेको छ । पाँच वर्षमध्ये करीब साढे तीन वर्ष पार गरिसकेको अवस्था छ ।

यसै सन्दर्भमा स्थानीय सरकारका कामकारबाहीहरुको समीक्षा गर्ने क्रम पनि सुुरु भएको छ । अहिले नागरिकस्तरमा पनि समिक्षा भईरहेको छ । विभिन्न सञ्चारजगतले पनि स्थानीय सरकारको कामकारबाहीबारे सोधपुुछ गर्ने र जनस्तरमा लैजाने काम गरिरहेका छन् । सोहि सन्दर्भमा हाम्रो यस कुुमाख दैंनिक खवरपत्रिकाले पनि जिल्लाका स्थानीय सरकारहरुले गरेका कामहरुबारे जानकारी लिने र दिने काम गर्दै आएको छ । यसबीचमा स्थानीय सरकारमा रहेका जनप्रतिनिधिले सम्पन्न गरेका महत्वपुर्ण कामहरु, काम गर्दाका वखत आईपरेका चुुनौतिहरु, गर्न चाहेर पनि गर्न नसकेका कामहरु लगायतका विविध विषयमा जानकारी लिने र प्रकाशन गर्ने जमर्को गरेका छौं ।

आजको यस अंकमा सल्यानको कालिमाटी गाउँपालिकाका अध्यक्ष श्री दान बहादुुर खत्रीसंगको कुुराकानीलाई समावेश गरेका छौं । यस्तो छ, उहाँसितको कुराकानी ।

–यस साढे तीन वर्षको अवधिमा के कति महत्वपूर्ण कामहरु सम्पन्न भए ?

यसबीचमा धेरै कामहरु सम्पन्न भएका छन् । केही आयोजनाहरु दिर्घकालिन महत्वका छन् भने कतिपय आयोजनाहरु जनताको प्रत्यक्ष जनजीवनसंग जोडिएका छन् । सडक, शिक्षा, खानेपानी, सिंचाई, प्रशासनिक संरचनाको निर्माण लगायतका थुुप्रै कामहरु अगाडि बढेका छन् ।

–विस्तृृतरुपमै भन्नुपर्दा के कति कामहरु सम्पन्न भए र के कति महत्वपूूर्ण कामहरु हुुदैछन् ?

–यसबीचमा धेरै नै काहरु भएका छन्, जसमध्ये महत्वपूूर्ण कामहरु संक्षिप्तरुपमा म क्षेत्रगत रुपमा जानकारी गराउँदछुु ।

१. विभिन्न कार्यविधिहरुको निर्माणः

यसअन्तर्गत स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम गाउँपालिकाको आफ्नै कार्यविधिहरु निर्माण गर्ने र सोहि बमोजिमको नीति, कार्यक्रम र बजेट प्रस्तुुत एबं कार्यान्वयन गर्ने क्रम सुुरु भएको छ ।

२. प्रशासनिक संरचनाको निर्माणः

यस बीचमा गाउँपालिकाको आफ्नै प्रशासनिक भवन निर्माणको काम अगाडि बढेको छ । त्यस्तै ४ वटा वडाका भवन निर्माण हुुदैछन् । अन्य वडाहरुमा पनि अब चाँडै नै काम अगाडि बढ्ने छ ।

३.सडक पुर्वाधार विकासः

गाउँपालिका केन्द्रदेखि वडाकेन्द्रहरुसम्म जोड्ने बाटाहरु निर्माण गरिएको छ । अब वडा नंं. ७ बाहेक सवै वडामा सडक वाटो पुुगिसकेको छ भने वडा नंं. ७ मा पनि छिट्टै नै सडक पुुग्नेगरी काम अगाडि बढाइएको छ ।

४.कृषि तथा सिंचाई सम्बन्धीः

कृषि क्षेत्रमा पनि गाउँपालिकाले धेरै लगानी गरेको छ । एक गाउँ एक उत्पादन भन्ने सरकारको नीति अनुसार अदुवाखेती, बेसार खेती, माहुुरी पालन, माछापालन, जडिबुुटी खेती, टनेल तरकारी खेती लगायतमा प्रदेश सरकार र संघीय सरकारको सहयोगमा गाउँपालिकामा विभिन्न गतिविधिहरु अगाडि बढिरहेका छन् । त्यस्तै यस अबधिमा थुप्रै सिंचाई आयोजनाहरु निर्माण गरिएको छ । किसानहरुलाई प्रत्यक्ष लाभ पुुग्नेगरी पक्की सिंचाई कुलाहरु प्रत्येक वडाहरुमा निर्माण गरिएको छ ।

५.खानेपानी सम्बन्धीः

अहिले यस स्थानीय तहमा अधिकांश नागरिकहरुले सुुद्ध पिउने पानीको उपयोग गर्न पाएका छन् । विभिन्न लिफ्ट खानेपानीहरु समेत सम्पन्न भएका छन् । दुुमदुवाली हात्तिदमार खानेपानी योजना, मर्चेबारी टाट्के खानेपानी योजना, चोथ्रे लिफ्टिङ खानेपानी योजना निर्माणको क्रममा छन् । त्यस्तै किमिरे खानेपानी योजना कार्यान्वयनको चरणमा अगाडि बढेको छ ।

६.शिक्षा सम्बन्धीः

शैक्षिक क्षेत्रको सुधारका लागि पनि गाउँपालिकाले विभिन्न प्रयाशहरु गर्र्दैआएको छ । एक पालिका एक प्राविधिक शिक्षा भन्ने राष्ट्रिय नीति अनुुसार यसै वर्षदेखि बालिविज्ञान अन्तर्गतको प्राविधिक शिक्षा (कक्षा ९ देखि १२ सम्मको पढाई) सुुरु भएको छ । दर्जनौं विद्यालयमा भौतिक सुधारका ठूला कामहरु सम्पन्न भएका छन् र स–सानो सुधार त धेरै नै विद्यालयहरुमा गरिएको छ । निजी शिक्षकहरुलाई विस्थापित गरी गाउँपालिका अनुदान कोटा उपलब्ध बनाई शिक्षकको अभावलाई पूूर्ति गरिएको छ । शैक्षिक सुुधारका लागि कतै विद्यालयलाई मर्ज गर्ने र कतै स्थानान्तरण गर्ने काम पनि अब शुुरु हुदैछ ।

७.विजुलिबत्ति सम्बन्धीः

हामी निर्वाचित हुुुनुुअघि वडा नं. १ का केही घरघुरीमा मात्र विजुलिबत्तिको सुविधा थियो भने अब छिट्टै नै गाउँपालिका केन्द्रदेखि विभिन्न वडाहरुमा विस्तार हुन थालेको छ । यो कार्य निकै नै महत्वपूूर्ण हुुनेछ ।

८.स्वास्थ्य सम्बन्धीः

स्वास्थ्य क्षेत्रमा भन्नुपर्दा प्रत्येक टोलबस्तीहरुबाट सहजरुपमा औषधी उपचारको लागि सामुदायिक स्वास्थ्य ईकाई केन्द्रहरुको स्थापना गरी सेवा प्रवाह गरिएको छ ।
त्यस्तै यो गत चैत्र महिनादेखि कोरोना महामारीले देश नै प्रभावित बन्दै आएको सवैलाई जानकारी नै छ । यसबीचमा कालिमाटी गाउँपालिकाबासीहरु पनि निकै प्रभावित बने । विभिन्न जिल्ला र भारतमा समेत पुुगेका १२०० भन्दा बढी नागरिकहरु आफ्नो जिल्ला फर्किने क्रममा गाउँपालिकाले विभिन्न प्रकारको सहयोग गरेको छ । क्वारेन्टाईनमा बस्ने व्यवस्थादेखि अलपत्र परेका नागरिकहरुलाई घरसम्म पठाउने व्यवस्था मिलाएका थियौं । त्यस्तै गाउँपालिकामा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि यो वर्ष काम अगाडि बढाउने सोचमा छौं ।

९.सञ्चार सम्बन्धीः

सञ्चार क्षेत्रमा अँझै पनि केही कमी नै छ, तर यसलाई प्रभावकारी बनाउनुपर्छ भनेर दुुरसञ्चारको टाउरहरु आवश्यक ठाउँमा राख्नका लागि समन्वय गरिरहेका छौं । त्यस्तै जनसमुदायमा प्रभावकारी सञ्चार पुर्याउनका लागि रेडियो स्थापनामा गाउँपालिकाले पनि आवश्यक सहयोग गर्ने भएको छ ।

त्यस्तै गाउँपालिकाले यस अवधिमा धेरै कामहरु अगाडि बढाएको छ । मार्के रामपुुर सडकखण्ड कालिमाटी गाउँपालिकाबाट डिपिआर भईसकेको छ । त्यस्तै जुमखोला–छिन्चु सडक स्तरोन्नति आयोजना र लोदीदमार , मदुवन, देउराली सडक निर्माण योजनाका लागि प्रदेश सरकारले यसै आ.ब.का लागि समपुरक अनुुदान प्रदान गरेको छ । त्यसैगरी पर्यटन क्षेत्रको विकासका लागि दुुइवटा डिपिआर तयार हुदैछन् ।

गाउँपालिकाले गरेको अन्य महत्वपूूर्ण कामहरु भन्नुपर्दा सडक मर्मत कार्यकर्ता यसैवर्षदेखि राख्ने भएको छ । त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पनि धेरैलाई राहत हुने गरी कामहरु हुदैछन् ।

गाउँपालिकामा काम गर्ने जनशक्तिको अवस्था के कस्तो छ ?

गाउँपालिकामा आवश्यक जनशक्ति भने अपुग नै छ । अहिले पनि विभिन्न वडाहरुमा काम गर्ने वडासचिवहरुको पदपूूर्ति नहुदा सामाजिक परिचालकहरुबाटै काम चलेको छ । केन्द्र सरकारबाट हुुनुपर्ने र गर्नुपर्ने काम समयमा नभैदिदा यसमा केही समस्या नै छ ।

–गाउँपालिकाका अन्य समस्याहरु के के छन् ?

समस्याहरु भन्नुुपर्दा  आन्तरिक श्रोत त्यति बलियो बन्न सकेको छैन । जिल्ला सदरमुुकामसंग जोडिने सडकको स्तरोन्नती हुन सकेको छैन । भौगोलिक विकटताका कारण अपेक्षितरुपमा समग्र विकास निर्माण प्रक्रियामा केही कठिनाईहरु उत्पन्न हुने गरेका छन् ।

–समय र सम्वाद्का लागि धन्यवाद् ।

प्रतिक्रिया दिनुहोस