दाङ, १८ पुस ।
दाङमा जंगली बँदेलको आक्रमणबाट चार जना घाइते भएका छन्।
लमही नगरपालिका वडा नम्बर १ स्थित सिङ्गेखोला सामुदायिक वनमा दाउरा लिन गएको समयमा जंगली बँदेलले आक्रमण गर्दा लमही वडा नम्बर १ की ४० वर्षीया हिरादेवी चौधरी, २ का ८ वर्षीय बालक शिरिस गिरी, ३० वर्षीय मिठ्ठु चौधरी, ५० वर्षीया धनियाँ चौधरी घाइते भएका छन्।
घाइतेमध्ये शिरिस र मिठ्ठुलाई लमही अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए।
पौडेलका अनुसार धनियाँ र हिरादेवी चौधरीको लमहीमै उपचार भइरहेको छ । शनिबार विहान माघी पर्वको तयारीका लागि भन्दै लामो समयको अन्तरालपछि दाउरा लिन गएको समयमा बच्चा जन्माएको बँदेलले आक्रमण गरेको हो । बँदेलले आफ्ना बच्चा लिन आए भन्ने ठानेर आक्रमण गरेको हुन सक्ने प्रहरी निरीक्षक पौडेलले बताउनु्भयो ।
प्रतिक्रिया दिनुहोस