सल्यानमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखाबाट काम शुुरु

सल्यान, १४ कार्तिक २०७८ ।

सल्यानमा आइतबारदेखि राष्ट्रिय वाणिज्य बैंकले थप नयाँ शाखाबाट काम प्रारम्भ गरेको छ । बैंकको २५६ औं शाखाको रुपमा बैंकले काम प्रारम्भ गरेको बताउदै अबको एक महिनादेखि नै बैंकले दिने सवै सेवाहरु यस शाखाबाट सूूचारु गरिने शाखाका प्रमुुख भिम सुनारले जानकारी दिनुुभएको छ । कर्णाली प्रदेशका प्रादेशिक प्रबन्धक शिव प्रसाद चालिसे लगायत अन्य कर्मचारी समेतको उपस्थितिमा बैंकले कामको शुुभारम्भ गरेको हो । प्रारम्भमा ३ जना कर्मचारीबाट मात्रै काम शुुरु भएको छ । पूूर्ण सरकारी स्वामित्वको यस बैंकको व्याजदर अन्य बैंकभन्दा कम रहेको र अन्य सेवाहरु समेत प्रभावकारी रुपमा प्रवाह गरिरहेको शाखा प्रमुुखले बताउनुुभएको छ । उहाँका अनुुसार करीब १ वर्ष पहिलेदेखि नै बैंकले काम शुुरु गर्ने तयारी गरेको भए पनि कोभिडका कारण काम अगाडि बढ््न नसकेको हो । सल्यानको त्रिवेणी गाउपालिका लुुहाम बजारमा राष्ट्रिय वाणिज्य बैंकको शाखाले यसअघि नै सेवा प्रवाह गरिहेको छ ।

 

प्रतिक्रिया दिनुहोस