तत्कालिन नेकपा एमालेको तर्फबाट शारदा नगरपालिका उप–प्रमुुखका द्वितीय प्रतिद्वन्दी, जिल्ला कमिटी सदस्य एवं सामुदायिक वन उपभोक्ता महासंघ सल्यान जिल्ला अध्यक्ष कमरेड सरिता हमालसंग स्थानीय सरकार सञ्चालन र पार्टी एकता अभियानका विषयमा केन्द्रित रहेर सामुदायिक रेडियो गेमी त्रिवेणी ९४.३ मेगाहर्ज रुकुम पश्चिमका स्टेशन म्यानेजर प्रकाश देवकोटाले लिएको अन्तरवार्ताको पूर्ण अंश :
छैन । स्थानीय सरकार बनेको पौँने ३ बर्ष पुरा हुनै लाग्दा पनि सरकार सञ्चालन, विकास निर्माण स्थानीय योजना व्यवस्थापन लगायत कुनैपनि विषयमा हामी संग सरसल्लाह गर्ने परिपाटि अझैँँ बसेको मैले महशुस गरेको छैन । यसबाट सल्यानको समृद्धि फराकिलो गराउने भन्दा शारदा नगरपालिकाको विकासमा तिव्रता बृहत योजना प्रस्तुत नै हुन सकेन भन्ने मलाई लागेको छ ।
त्यहाँ स्थानीय सरकारको मुख्य पद्मा नेपाली काँग्रेसले जितेको छ । बाँकी सवै पद्मा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) विजय भएको छ । सवाल जुन पद्मा जजस्को बाहुल्यता भएतापनि सरकार सञ्चालन गर्दा कार्यगत एकताबाट हुनुपर्छ । निषेधको राजनीति गर्नु हुदैन ।
शारदा नगर सरकारको विकास मोडेल तपाइको विचारमा जनमुखी लागेको छ ?
विल्कुल छैन् । निर्वाचन परिणाम अनुसार विकासको रणनीति जुन ढंगले सञ्चालन भएको छ । अर्थात चुनावमा आफ्नो पार्टीको पक्षमा भोट संख्या धेरै भएको क्षेत्र छुट्टयाएर क्रमागत विकास गर्ने काम तथा रवैया संग हाम्रो विमती छ ।
धन्यबाद्, निकै जनचासो केन्द्रित प्रश्न गर्नु भएकोमा मलाई पनि अलि सोच अनुसन्धान गर्न बाध्य पारेको अथवा स्वास्थ्य संकटकाल लकडाउन भित्र जुन गतिविधि रोकियो वा जनताको नाममा वितरण गर्ने होड चलाइयो त्यसमा मलाई रत्तिभर चित्त बुझेको थिएन । हाम्रो पार्टीको तर्फबाट बनेको कोरोना व्यवस्थापन संयन्त्रलाई जानकारी गराएर प्रभावकारी बनाउन त्यति बेला नै अग्रसरता देखाउने काममा कुनै कन्जुस्याई गरिएन ।
यो सवैलाई थाह छ । जहाँ सम्म विकासका लागि कस्को नेतृव छ भन्ने मुख्य प्रश्न भन्दा जिल्लाको समृिद्धका लागि कस्तो योजना अनुसार काम गर्ने गराउने प्राविधिक तथा प्रशासनिक व्यवस्थापनको तालमेल नै प्रमुख कुरा हुदो रहेछ । भन्ने मलाई लागेको छ ।
संघीय लोकतान्त्रीक गणतन्त्र नयाँ संरचनाले बदलिएको व्यवस्था भित्र उप–प्रमुखलाई न्यायालयको समेत जिम्मेवारी सुम्पिएकाले कानुनको अध्ययन अनुभव वा विगतमा जनप्रतिनिधिले गर्ने साधारण काम भन्दा यो व्यवस्थामा ऐन कानुन भित्र रहेर राज्य सञ्चालनको दायित्व थपिएकाले असहजता देखिएको हुनुपर्छ ।
त्यो मेरो चहाना भन्दा पनि पार्टीको नीति अनुसार अगाडि बढ्ने विधि र पद्धती छ । त्यसैमा टेकेर अगाडी बढिन्छ ।
निश्चित रुपमा चुनाव सवैको साझा र सुलभ जनमुखी, सेवा मुखी एवं समुदायको हितमा संकल्प केन्द्रीत हुनुपर्छ । ता की भड्काव मुखी होइन ।
होइन । “न संयोग हो न उपहार” म समाज सेवामा तानिएको सामुदायिक वन उपभोक्ता समितिबाट नै हो । जसले मलाई समाजको अग्रसरताको जिम्मेवारी बोध गराउने पहिलो जमर्काे प्रदान ग¥यो ।
प्राकृतिक श्रोतको सदुपयोग गरी समाजलाई आर्थीक, सामाजिक र प्राकृतिक रुपमा राज्य शक्तिका मुख्य पक्षको प्रयोगबाट जनताको जीवन स्तर बृद्धि गर्ने नीति अन्तर्गत हाम्रो जिल्लाका सल्लेरी वनहरुको वैज्ञानिक व्यवस्थापन फेकोफन मार्फत भईरहेको मैले महशुस गरेको छु ।
जनतालाई यो पनि ज्ञान होस् । मानिसको रक्तसञ्चार प्रणालीलाई सन्तुलित राख्न रक्तदान गरेझै बोट विरुवाको पनि सुरक्षित र व्यवस्थित रक्तदानको आवश्यक्ता महसुस गरी खोटो निकाल्न विभिन्न कम्पनीको स्थापना गरिएको छ ।
छैन । गुमाउने र पाउने मनसायले म राजनीतिमा लागेको थिएन । बरु हजारौँ जनसमुदायको अपार माया र स्नेहको छटाले मलाई समाज विकासको अनवरत यात्रामा लागि रहने पे्ररणा मिलेको छ ।
म विद्यार्थी छँदा देखिनै समाजको विभेद्पूर्ण व्यवहार, अन्धविस्वास, अशिक्षा, कुरीति सहितको राज्यव्यवस्थाको परिकल्पना गरेर माक्र्शबादी जीवन दर्शनबाट प्रभावित थिए ।
समय क्रममा विद्यार्थी संगठनका गतिविधि संग हेलिदै जाँदा समाज परिवर्तन नीति विचार र सिद्धान्तबाट हुँने ठहर गरी आदरणीय दिदी उशा हमालको प्रेरणाले मलाई राजनीतिमा लाग्ने उर्जा प्राप्त भएको हो ।
रुकुम पश्चिम देखि रेडियो गेमी त्रिवेणी ९४.३ मार्फत हाम्रो लोकप्रिय कुमाख दैनिक पत्रिकाको संयोजनमा मेरो निवास सम्म आएर स्थानीय सरकार बने पछिका विभिन्न विषयमा जनचाहनासंग जोडिएका जिज्ञासाहरुको कोसेली जनता समक्ष पु¥याउने अवसर लिएर पत्रकारिताको दायित्व पुरा गर्न तपाईले खेलेको भुमिका प्रसंसनीय छ । दशैँ तिहारको धेरै धेरै शुभकामना छ ।
प्रतिक्रिया दिनुहोस