चाख्लीघाट कुमाख त्रिवेणी सडक जोडिदै,

लुम्वीनीदेखि रारा घुम्ने पर्यटकका निम्ति पनि महत्व

 

सल्यान, १५ असोज ।
लुम्बिनी रारा द्रुत मार्गको लागि सडकखण्ड निर्माणको काम सल्यानमा भैरहेको छ । लुम्बिनी अनि रारा जस्ता पर्यटकीय क्षेत्र जोड्ने छोटो मार्गको सल्यान सडक खण्ड पुरा गर्ने गरी काम भैरहेको छ ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको लगानीमा आव २०७६÷०७७ को बजेटको रकमान्तर गरी अहिले कुमाख र सिद्धकुमाखका दुवैतर्फ काम भैरहेको हो ।

चाख्लिघाट कुमाखमा डबलकटिङ सहितको काम अन्तिम चरणमा पुगेको छ भने त्रिवेणी जिमाली कुमाख सडक खण्डमा पनि नयाँ कटिङ सुरूवात गरएिको छ ।

साँसदको विशेष पहलमा अघिल्लो बर्ष विनियोजित १० करोड जिल्लाका विभिन्न स्थानमा वितरण गर्ने क्रममा यो मार्गलाई पहिलो नम्बरमा राखिएको संघिय सांसद टेक बहादुर बस्नेतले जानकारी दिएका छन ।

हुलाकी राजमार्गको इतिहास जोडिएको सडक निर्माणका लागि पटक पटक पहल गरिएको भन्दै उनले भने–‘पहिला लाखमा बजेट हुने भएकाले मन भएपनि धेरै गर्न सकिएन अव त इतिहास जोडिएको बाटोमा लगानी गर्ने अवसर आएको छ यो सडकले राम्रो सम्भावना बोकेको छ ।’

संघीय सकारले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तरगत विनियोजन गरेको १० करोड मध्य बाँकी २ कारोडको लागतमा टुनिवोट सिनवाङ कोइला रोल्पा सडक निर्माणको काम पनि भैरहेको छ त्यस्तै बाँकी रकम सल्यान पर्यटकिय चक्रपथ निर्माणका लागि सल्लीबजार देबस्थलक्षेत्रमा काम भैरहेको संघीय साँसद टेक बहादुर बस्नेतले जानकारी दिएका छन ।

उनले विकासका पुर्वाधारको सुरुवाती सडकसंग जोडिएकाले बाँकी काम पनि भैरहेको बताएका छन । कोरोना महामारीका कारण यो बजेटबाट अघिल्लो बर्ष काम गर्न नसकिएकोले विशेष समय मागेर रातो कितावमा उल्लेखित योजनालाई नै निरन्तर काममा राखिएको हो ।

सिद्धकुमाखको चाख्लिघाट कुमाखमा पर्ने ६० हजार घनमिटर सडक बागेश्वरी कन्ट्रक्सनले चौडा गरेर स्तरोन्नती गर्दैछ भने कुमाखको कल्ले देखि जिमाली जोड्ने ५७ हजार घनमिटर सविन कन्टूक्सनले नयाँ कटिङ गर्दैछ । दुवैतिरको सडक डबल ट्रयाक सहित चौडा बनाइएको हो ।

सडक निर्माण तथा स्तरोन्नतीका लागि दुवैतर्फ २÷२ करोड गरी जम्मा ४ करोड विनियोजन गरिएकोमा चाख्लिघाट तर्फको काम १ करोड ३ लाख र कुमाख जिमाली तर्फको काम १ करोड ९ लाखमा २ कम्पनीले जिम्मा लिएका छन ।

हुलाकी मार्गलाइ महत्व दिएकोमा सांसद बस्नेतलाइ स्थानीयवासीले धन्यवाद दिएका छन ।

कुमाख ६ का बासिन्दा शम्भु प्रसाद शर्माले यो ऐतिहासिक महत्वको सडकमा संघीय सांसदले बजेट विनियोजन गरेकोमा स्थानीयमा खुशी भएको बताएका छन ।

यो बर्षामा किसानले लगाएको धानबालीमा क्षती हुने भएपनि विकासको पुर्वाधार गाउँमा हुने भएकाले त्यस्तो क्षतिलाई क्षती नसम्झी आफुहरु खशी भएको उनले बताए । यो सडक पुरा भएमा अहिले सल्यान सदरमुकामबाट कुमाखको केन्द्र रागेचौर हुदै चौरजहारी सम्म जानेहरुलाइ र भविष्यमा लुम्बीनी घुमेर रारा घुम्न जाने पर्यटकहरुलाइ चाँडो हुनेछ ।

कुमाखको वडा नं. ७ मा पर्ने जिमालीमा जोड्न बाँकी अनुमानित ५ किलोमिटर सडकखण्डको ट्रयाक खोलिएपछि चाख्लिघाट चौरजहारी सडक १० किलोमिटर छोटो बन्नेछ ।

कटिङ, ग्याविङ, ह्युमपाइप तथा मेसिनरी वाल लगाउनुपर्ने भएकाले यो रकमले ५ किलोमिटर सडक बनाउन नसकिएपनि बाटो डवल कटिङ भएकाले ज्यादै चौडा बनाइएका सडक डिभिजन कार्यालय दाङका इन्जिनियर विजय रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस