सल्यानमा भेटिएका कोरोना संक्रमित मध्ये ८६ प्रतिशत भारतबाट फर्किएका

पिसिआर बिना गाउँ पठाएका छैनौँ :  प्रजिअ पोखरेल

सल्यान, १६ भदाँै ।
सल्यानमा कोरोना भाइरस संक्रमण पुष्टि भएका मध्ये ८६ प्रतिशत बढी भारतबाट फर्किएका ब्यक्तिहरु रहेका छन् ।

हाल सम्म सल्यान जिल्लाभर भेटिएका कोरोना संक्रमण भएकाहरु मध्ये ८६ दशमलव ६२ प्रतिशत भारतबाट फर्किएका ब्यक्तिहरु रहेका छन् ।

जिल्लामा अहिले सम्म २ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ८६ दशमलव ६२ प्रतिशत अर्थात २ सय ५९ जना भारतवाट फर्किएका ब्यक्तिहरु रहेका छन् ।

यस्तै ८ दशमलव ०२ प्रतिशत अर्थात २४ जना कता, साउदी, मलेसिया, दुवई लगाएतका तेस्रोमुलुकबाट फर्किएका ब्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै ५ दशमलव ३५ प्रतिशत अर्थात १६ जना स्थानिय एवम् देशका बिभिन्न ठाँउबाट फर्किएका ब्यक्तिहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

जसमा सबै भन्दा धेरै बनगाड कुपिण्डे नगरपालिकामा कोरोना संक्रमित भेटिएका छन् । यस नगरमा १ सय ८२ जना भारतवाट फर्किएका, ३ जना तेस्रोमुलुकबाट र १ जना स्थानीय सहित १ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बागचौर नगरपालिकामा भारतबाट फर्किएका १३ जना, तेस्रोमुलुकबाट फर्किएका ५ जना र देशभित्रका १ जना गरेर १९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै शारदा नगरपालिकामा तेस्रोमुलुकबाट ३ जना, देभभित्रका २ जना र भारतबाट फर्किएका १ जना गरी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कुमाख गाउँपालिकामा भारतवाट फर्किएका ३५ जना, देशभित्रका २ जना र तेस्रोमुलुकबाट फर्किएका १ जना गरी ३८ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै दार्मा गाउँँपालिकामा १३ जना भारतवाट फर्किएका, ३ जना स्थानिय र २ जना तेस्रोमुलुकबाट फर्किएका गरेर १८ जना, त्रिबेणी गाउँपालिकामा भारतबाट फर्किएका ५ जना र तेस्रोमुलुकबाट फर्किएका ४ जना गरेर ९ जना र कालिमाटी गाउँपालिकामा तेस्रोमुलुकबाट फर्किएका ४ जना, भारतवाट फर्किएका ३ जना र देशभित्रका २ जना गरेर ९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै सिद्धकुमाख गाउँपालिकामा ३ जना भारतवाट फर्किएका र १ जना देशभित्रका सहित ४ जना, छत्रेश्वरी गाउँपालिकामा भारतका फर्किएका २ जना र तेस्रोमुलुकबाट फर्किएका २ जना सहित ४ जना, कपुरकोट गाउँपालिकामा २ जना देशभित्रका र २ जना भारतबाट फर्किएका सहित ४ जनामा संक्रमण पुष्टि भएको छ ।

सल्यानमा भेटिएका कोरोना भाइरस संक्रमित मध्ये अहिले सम्म २ सय ५७ जना संक्रमित निको भएर घर फर्किएको कोरोना फोकल प्रसन रिखाराम पुनले जानकारी दिनुभयो ।

उहाँले जिल्लामा भेटिएका बाँकी ४३ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेको जानकारी दिनुभयो । ती संक्रमितहरु लुहापिङ आइसोलेसन, बनगाड आइसोलेसन र भोटेचौर आइसोलेसनमा उपचाररत रहेका छन् ।

कोरोना रोकथामको लागी सरकारले गरेको लकडाउन यता भारत सहितको तेस्रोमुलुकबाट झण्डै १५ हजार नागरिक जिल्लामा भित्रिएका छन् ।

बाहिरबाट आउने नागरिकहरुलाई स्थानीय तहसँगको समन्वयमा सिघैँ क्वारेन्टाइनमा राख्ने र पिसिआर गरेर मात्रै घर पठाउने गरेका कारण समुदायस्तरमा नै कोरोना फैलिने सम्भावना कम भएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो ।

कोरोनाको संक्रमणबाट बच्नको लागि आमनागरिकहरु पनि सचेत बन्दै गएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

<