सल्यानमा नेपाली सेनाका एक सिपाहीमा कोरोना संक्रमण पुष्टि

सल्यान, १७ साउन ।
सल्यानमा नेपाली सेनाका एक सिपाहीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको सदरमुकाम खलंगा स्थित लुहापिङ आइसोलेसनमा खटिएका एक सिपाहीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

सवुज गण सिमखर्कमा कार्यरत ती सिपाही लुहापिङमा आइसोलेसन निर्माण पश्चात कोरोना संक्रमितको सुरक्षार्थमा खटिएका थिए ।

शनिबार पदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परिक्षणमा उनको पिसिआर रिपोर्ट पोजिटिभ आएको कोरोना फोकल प्रसन रिखाराम पुनले जानकारी दिनुभयो ।

यसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ भने अहिले सम्म २ सय ४० जना संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस