विपद् जोखिम न्युनिकरण गर्न सल्यानमा उच्च सर्तकता


सल्यान, १७ साउन ।
सल्यानमा प्राकृतिक विपदबाट जोगिन उच्च सर्तकता अपनाइएको छ । प्राकृतिक विपदबाट हुन सक्ने जोखिमलाई न्युनिकरण गर्न जिल्लाका सुरक्षा निकायलाई हाई अलटमा राखिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

विपदबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै उद्धारका लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए ।

लक्षित समुदाय स्थानीय तहमा रहेकाले स्थानीय विपद् व्यवस्थापन समितिलाई पनि सतर्कता अपनाउन परिपत्र भइसकेको उनको भनाई छ । उनले भने जेठ महिनामै विपद व्यवस्थापनको वैठ्क बसी विपद् आवश्यक पर्ने सामाग्री, राहत, उद्दारका लागि जनशक्ति तयारी अवस्थामा राखेका छौं ।

विपद प्रतिकार्यका लागि तीन कलस्टरमा विभाजन गरी कार्य अघि बढी रहेको प्रजिअ पोखरेलको भनाई छ । रेडक्रस, खानेपानी कार्यालयको एउटा कलस्टर जसले जिन्सी सामाग्री– खाद्यन्न, लत्ता कपडा, र स्वच्छ खानेपानीको व्यवस्था गर्ने छ ।

यस्तै दोस्रो कलस्टर हुलाक र दुरसञ्चार कार्यालय रहेका छन् जसले सम्पर्क र समन्वयको कार्य गर्नेछन् भने तेस्रो कलस्टर भनेको उद्दारको रहेको छ जसमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी रहेका छन् ।

सबैको जिम्मेवारी निर्धारण गरिएकाले कुनै विपद् आइपरे राहत उद्दारमा कुनै समस्या नहुने उनले बताए । उनले भने विपद आइहालेमा तत्काल उद्दार र व्यवस्थापनका लागि हामी पूर्ण तयारीमा अवस्थामा छौं ।

जिल्लामा बाढि पहिरो आउन सक्ने सम्भावित क्षेत्रको पहिचान गरिएको र उक्त स्थानमा स्थानीय तहसँग समन्वय गरी उच्च सतर्कता अपनाइएको उनको भनाई छ ।
जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार आर्थिक वर्ष २०७५÷०७६ र १३, आर्थिक वर्ष २०७६÷०७७ मा ५ जनाको बाढी पहिरो, आगलागी, चट्याङबाट मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस