समग्र विकास निर्माण प्रक्रियाले गति लिन सवैभन्दा पहिले जनता सजग हुनुुपर्छ

सिद्धकुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी रेग्मी

सल्यान, १७ साउन ।
अहिले मुलुकमा नयाँ व्यवस्था कार्यान्वयन भइरहेको छ । संविधान सभाबाट संविधान बनेपछि भएको पहिलो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको सरकार अहिले छ । निर्वाचित जनप्रतिनिधिहरुको ५ वर्ष अवधिमध्ये ३ वर्ष वितिसकेको छ । अहिले उक्त ३ वर्षे अवधिको समीक्षा गर्ने समय आएको छ ।

यसबीचमा कर्मचारी, जनप्रतिनिधि र जनताको भूमिका के कस्तो हुुनुपर्दथ्यो र के कस्तो भईरहेको छ भन्ने बारेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ । सल्यान जिल्ला सिद्धकुुमाख गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री चिन्तामणी रेग्मीसंग गरिएको कुराकानीलाई यहाँ प्रस्तुत गरेका छौं ।

यस्तो छ, उहाँसितको कुराकानी

प्रश्नः आर्थिक वर्ष ०७६÷०७७ मा यस सिद्धकुमाख गाउँपालिकामा के कति काम सम्पन्न भए ?

उत्तरः यस वर्ष कोरोना महामारीका कारण केही अवरोध भएको अवस्था छ ता पनि गाउँपालिकाका अधिकांश काम सम्पन्न भएका छन् ।

प्रश्नः यस गाउँपालिकाका सवैभन्दा प्राथमिकताका आयोजनाहरु के के थिए ?

उत्तरः अँझै पनि प्रशासनिक संरचना निर्माण भइरहेको अवस्था छ । गाउँपालिकाको भवन निर्माणाधिन छ । वडा कार्यालयहरु पनि निर्माण हुदै गरेको अवस्था छ ।

त्यसबाहेक विद्युत विस्तार, सडक विस्तार तथा मर्मत, खानेपानी आयोजना लगायत यस्तै प्रकृतिका काम÷ आयोजनाहरु अहिले कार्यान्वयन भएको र भईरहेको अवस्था छ ।

प्रश्नः काम गर्ने प्रक्रिया टेन्डरमार्फत प्रभावकारी देखिन्छ कि उपभोक्ता समितिमार्फत ?

उत्तरः पछिल्लो समयमा मानिसहरु त्यति साह्रै कडा परिश्रम गरेर काम गर्न मन पराउदैनन्, प्रविधिको विकाससंगै मानिसहरु विकल्प खोज्न थालेका छन् ।

अर्को कुरा के छ भने ठेकेदारले काम गराउदा कडा रुपमा परिश्रम गर्ने र उपभोक्ता समितिमार्फत काम गर्दा यो सरकारको बजेट त हो, त्यति कडा रुपमा नगर्दा पनि हुुन्छ भन्ने सोचका कारण पनि अब उपभोक्ता समिति मार्फत भन्दा टेन्डर र ठेक्का मार्फत नै प्रभावकारी हुने देखिन्छ ।

प्रश्नः जिल्लाको सवैभन्दा सानो गाउँपालिकाको रुपमा सिद्धकुमाख रहेको छ । यहाँ आन्तरिक आयश्रोतका सम्भाव्यताहरु के के छन् ?

उत्तरः हो, यो जिल्लाकै सानो गाउँपालिका हो । त्यस्तै भूूगोल, जनसंख्या, बजारक्षेत्र लगायत विभिन्न कुराले सानो क्षेत्रको रुपमा रहेको छ । यहाँ आयश्रोत बढाउने उपायहरु पनि खासै छैनन् ।

अन्यत्र जस्तो ढुुंगा, गिट्टि, बालुुवा लगायतको करबाट उठ्ने रकम पनि यहाँ सम्भावना छैन । घरबहाल कर, उद्योग व्यापारको कर जस्ता श्रोतहरु पनि निकै कम छन्, त्यसैले आन्तरिक श्रोत बढाउने सम्भावना त्यति धेरै देखिदैन ।

प्रश्नः बार्षिक रुपमा आन्तरिक आम्दानी मोटामोटी कति हुुन्छ ?

उत्तरः यस गाउँपालिकाको समग्र आम्दानी करीब ४०–४५ लाख मात्रै हुुन्छ ।

प्रश्नः गाउँपालिकामा सवैभन्दा बढी के कस्ता गुनासाहरु आउछन् ?

उत्तरः गाउपालिका कार्यालयमा सेवाग्राहीहरुबाट खासै गुुनासो आएको सुनिदैन । बरु कतिपय अवस्थामा आयोजनाहरुको बजेट कटौती भएको भन्ने जस्ता गुनासाहरु आउछन्, तर नबुुझेर पनि यस्तो भएको हो ।

काम अपुरो भएको वा नियमानुुसार सरकारलाई बुुझाउनुुपर्ने कर मात्रै काटिने गरेको हो । तर कुरा बुझिसकेपछि त्यो गुनासो समाधान हुने गरेको छ ।

प्रश्नः जनताको बढी अपेक्षा के देखिन्छ ?

उत्तरः जनताको अपेक्षा निकै नै बढ्दै गएको छ । सवै प्रकारको सुविधाहरु आफ्नो गाउठाउँमा हुनुुपर्ने सोच बन्दै गएको छ । तर साधन श्रोत सीमित भएको कारण जनताको अपेक्षा अनुुरुप काम हुन सक्दैन ।

प्रश्नः राम्रो नेतृत्व र राम्रो व्यवस्थापन हुने हो भने विकास निर्माण लगायत समग्र कुुराहरुको विकास अहिलेको भन्दा तिब्र गतिमा अगाडि बढ्न सक्ने सम्भावना छ भन्ने गरिन्छ, यसमा तपाईको भनाई के छ ?

उत्तरः विकास निर्माणका काम नभएका होइनन्, धेरै भएका छन् । पछिल्लो समय जनताको अपेक्षा निकै बढेको छ ।

तर सीमित साधन श्रोतले सवै कुरा गर्न सकिदैन । मुलुक संघीय संरचनामा गईसकेपछि तिब्र गतिमा विकास निर्माणका कामहरु अगाडि बढेका छन् र पनि जनताको अपेक्षा निकै बढी भईदिदा तालमेल नखाएको हो ।

अहिले वडा वडामा सडक सञ्जाल र विद्युत विस्तारका कामहरु भईरहेका छन् । अन्य पुर्वाधार विकासका कामहरु पनि पहिलाको तुलनामा निकै गतिमा भइरहेका छन् । यसर्थ नयाँ व्यवस्था आएपछि केही नभएको वा निकै कम काम भएको भन्न मिल्दैन ।

प्रश्नः तर अँझै पनि प्रशस्त सम्भावना रहेको र नेतृत्वको इच्छाशक्ति एबं समग्र व्यवस्थापन पक्षमा सुधार गर्न सके अहिलेको भन्दा पनि निकै गतिमा अगाडि बढ्न सक्ने सम्भावनाहरु छन् भन्ने गरेको सुुनिन्छ, यसमा के भन्नुुहुुन्छ ?

उत्तरः अहिलेको भन्दा तिब्र गतिमा विकास निर्माण लगायत समग्र पक्षको विकास गर्नको लागि सवैभन्दा पहिले त जनता नै सचेत रहनुुपर्छ । जनताले सरकारले गरेका कामहरुबारेमा चासो राख्नुुपर्छ ।

गर्नुपर्ने कामहरु गरे–नगरेको, हुनुुपर्ने कामहरु भएनभएको जस्ता कुराहरुबारे सोधखोज गर्न सक्नुुपर्छ । यसरी जनताले सवै कुराको खोजी गर्न थालेपछि जिम्मेवार निकायले पनि गलत कामकुुराहरु गर्न सक्दैन र ढिलासुुस्ती गरेर बस्नेहरु पनि सतर्क रहन्छन् ।

त्यस्तै दोस्रो कुरा के छ भने जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले पनि आफ्नो मान्छे, नातागोता, कार्यकर्ता भन्ने कुराहरु नहेरेर राम्रो र सक्षम मान्छेलाई जिम्मेवारी दिनुुपर्छ ।

जुन स्थानमा जुन प्रकारको जनशक्ति आवश्यक हो, सोहि प्रकारको जनशक्ति परिचालन गर्नुपर्छ ।
तेस्रो कुुरा के छ भने जिम्मेवारी बहन् गर्ने कर्मचारी वा पदाधिकारीहरु नागरिकप्रति जवाफदेही बन्नुुपर्छ । आफूूले गर्न सक्ने काम सहि र निश्वार्थ तरिकाले गर्ने हो भने धेरै कुुराहरु सम्भव छ ।

प्रश्नः सरकारले ल्याएका कार्यक्रमहरु जस्तो कि प्रधानमन्त्री रोजगार कार्यक्रम, मुुख्यमन्त्री रोजगार कार्यक्रम जस्ता कार्यक्रमहरुको कार्यान्वयन अवस्था कस्तो छ ?

उत्तरः यहाँको सन्दर्भमा भन्नुपर्दा ति कार्यक्रमहरु प्रभावकारी नै छन् । कोरोना महामारीको समयमा यसले अँझ बढी राहत दिएको छ । मान्छेले काम गरेर पारिश्रमिक लिएका छन् । यसलाई सकारात्मक मान्नुुपर्छ ।

प्रश्नः गाउँपालिकाले अरुभन्दा फरकखालका कुनै उदाहरणीय कामहरु केही गरेको छ ?

उत्तरः धेरै कामहरु मिल्दाजुुल्दा नै छन् । अहिले छोरीको बैंकखाता खोलिदिने क्रम बढेको छ । छोरीको जीवनसुुरक्षाका लागि भएको कार्यक्रममा निकै सहभागीता बढेको छ । त्यस्तै कृषकलाई व्याज अनुुदान दिने कार्यक्रम हाम्रोमा छ । आ.ब.०७७÷०७८ मा रु.१५ लाख रुपँया गाउँपालिकाले विनियोजन गरेको छ र यसबाट ८–१० जना वास्तविक कृषक लाभान्वित हुनेछन् । तर अन्य धेरै कार्यक्रमहरु मिल्दाजुुल्दा नै छन् ।

प्रश्नः लक्षित वर्ग पहिचान कार्यक्रम के भईरहेको छ ?

उत्तरः लक्षित वर्ग पहिचानको कार्यक्रम यस गाउँपालिकामा अन्तिम चरणमा छ । यसै महिनामा पहिचानको काम सम्पन्न गर्ने तयारी छ ।

प्रश्नः बजारको फोहोर व्यवस्थापन कसरी भईरहेको छ ?

उत्तरः यस गाउँपालिकामा ठूूलो बजारक्षेत्र नभएकोले त्यति धेरै समस्या छैन । तर मूूख्य बजारक्षेत्रका लागि बजार व्यवस्थापन समितिसंगको सहकार्यमा फोहोर व्यवस्थापन गर्ने तयारी हुदैछ ।

प्रश्न ः गाउँपालिकामा विशेष गरी समस्या के के छन् ?

उत्तर ः गाउँपालिकाका त्यति धेरै समस्या नभएता पनि केहि समस्याहरु भने देखिएका छन् । यस्ता छन्, ति समस्याहरुः

१.बजारक्षेत्र नै कम भएका कारण र अन्य विशेष कुराहरु पनि खासै नभएका कारण आन्तरिक आयश्रोत बढाउन कठिन छ, जसले गर्दा आन्तरिक आयको भरमा ठूूला काम गर्न सक्ने अवस्था छैन ।

२.भौगोलिक विकटताकै कारण समानूपातिक रुपमा विकास अगाडि बढाउन सकिएको छैन ।

अन्तमा

समय र विचारको लागि धन्यवाद ।

प्रतिक्रिया दिनुहोस