पाँचौं दिनको नेकपा बैठक एक घण्टा बसेर स्थगित

काठमाडौँ, १७ असार ।
सत्तारुढ नेकपाको स्थायी कमिटीको पाँचौं दिनको बैठक एक घण्टा बसेर स्थगित भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक एक घण्टा बसेर स्थगित भएको हो ।

कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा संघीय संसद्को बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम तय भएपछि त्यसमा सांसदहरु सहभागी हुनुपर्ने भन्दै बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

लीलामणि पोखरेल, मातृका यादव, नन्दकुमार प्रसाई र पेशल खतिवडा र योगेश भट्टराईले धारणा राखेका छन् ।

जसमध्ये चार नेताले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनमा दिनुपर्ने सुझाव दिएका छन् । तर, पर्यटनमन्त्रीसमेत रहेका भट्टराईले भने पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन नेताहरुलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

<